उभौली उधौली पर्व

किरात समुदायमा प्रचलित चाड उभौली-उधौली प्रकृति र पितृको पुजा अर्चना गरेर ढोल झ्याम्टाको तालमा नाच्दै गाउँदै हर्शोल्लासका साथ सामुहिक रुपमा मनाउने गरिन्छ । बालीनाली लगाइसकेपछि जंगली जनावर, किरा, फट्यांग्रा, चरा चुरुङ्गी केहि नलागोस, समग्र बालीनाली सप्रियोस, रोगव्याधी हटोस्, खडेरी नलागोस्, सहकाल रहोस्, अनिकाल हटोस् जस्ता बल पुकार भाकल गर्दै उभौली मनाइन्छ । उधौलीमा बालीनाली उठाइसके पछि बालीनाली लगाउन सिकाउने पू्र्खा र अन्नबाली हुर्काउने प्रकृति देवलाई सर्वप्रथम चढाएर आफु खानलाई अनुमति लिने गरिन्छ ।

आदिम कालिन किरात सभ्यतामा समानता रहेता पनि समय क्रमसँगै विस्तारित हुँदै जाँदा उधौली-उभौलीलाई कोइँच(सुनुवार) समुदायमा श्याँदर पिदार, राई समुदायमा शाकेला, लिम्बू समुदायमा चासोक ताङ्नाम र याक्खा समुदायमा चासुवा भन्न थालियो ।