बंशावली

किरात नाछिरिङको मुद्धुम अहिलेसम्म अलिखित मौखिक श्रुति परम्परामा आधारित छ । नाछिरिङ मुद्धुमको लेख तारा नाछिरिङद्वारा लिखित ‘किरात जर्नल’मा प्रकाशित भइसकेको छ । तर यसलाई बृहत लिपिबद्ध गरी प्रकाशन गर्नका लागि लेखन कार्य भइरहेको तर यसलाई बृहत लिपिबद्ध गरी प्रकाशन गर्नका लागि लेखन कार्य भइरहेको छ । यस कार्यले चाँडै साकार रूप लिने विश्वास छ ।

किरात नाछिरिङका प्रतिनिधिमूलक अधिकारमुखी जातीय संस्था किरात रदु नाछिरिङ साखामले २०६१ सालमा किरात नाछिरिङ भाषा र जातिको उत्कृष्ट कृति ‘दिदाम छमदाम’ नामक पुस्कन प्रकाशा गरेको छ ।

यस कृतिमा ४ खण्ड रहेको छ :-

१. नाछिरिङ भाषा परिच,

२. संस्कृति संस्कार,

३. धर्म र,

४.  वंशावलीको

यस्तै गरी ज्ञानेन्द्र नाछिरिङद्वारा सम्पादित ‘हुक्छो’ प्रकाशित छ । साथै किरात रदु नाछिरिङ विद्यार्थी साखामद्वारा प्रकाशित गरिएको ‘छालिम छाम्पोमा’ मुखपत्र प्रकाशित छ । अन्य विविध फुटकर तथा लेख–रचनाहरु थुप्रै प्रकाशित रहेको अवस्था छ । अहिले किरात रदु नाछिरिङ शाखामको अध्यक्ष तारा नाछिरिङको नेतृत्वमा ब्याकारण निकालिदै छ ।