अडियो

ऐतिहासिक रुपमा गीत र संगीतको स्थिति टेकबहादुर नाछिरिङ ‘नाछिरी हुक्छो’ भन्ने सी.डी.(गीत) निकालेका छन् । टेकबहादुर नाछिरिङबाटै नै नाछिरिङ चालिम तोष वृत्त चित्र २०६७ निर्माण भएको छ । प्रमिला नाछिरिङ र सुमन नाछिरिङले निर्माण गरेको ‘पौ’ भन्ने डकु-ड्रामा फिल्म बृत्तचित्र प्रदर्शनमा आउन बाँकी छ । पौ (सम्बन्ध) बृत्तचित्रमा निर्माण प्रमिला नाछिरिङ र निर्देशक सुमन बाङदेल हुन् । यो वृत्तचित्र २०७० सालमा निर्माण सम्पन्न भएको हो ।

‘कउ चानुप होमेवामी’, ‘डा. चानपु रावायउमी’ बोलको गीत स्वर संगीत राजेश पायल राई, प्रतापसिंह नाछिरिङको शब्द रहेको बहुभाषिक गीति क्यासेटमा सामेल भएको छ । त्यस्तैगरी ‘राधाम्मा’ नामक गीति एल्बममा ३ वटा गीत ‘राखा बाङ्देल राधाम्मा घुम्न जाउँला’, ‘तापखोला दोभान’ र ‘मारुनी’ लाई क्रमशः मेलिना राई, राजेश पायल राई, विक्रम नाछिरिङ र शान्तिराम राईले गीत गाएको छन् भने संगीत शान्तिराम राईले गरेको हुन् । यस गीतलाई लेखन लिना नाछिरिङ र कमल कुमारी नाछिरिङले लेखेकी छिन, निर्देशन सुमन बाङ्देलले गरेको हुन भने निर्माता आम नाछिरिङ समुदाय हुन् ।