गीत तथा संगीत

टेकबहादुर नाछिरिङ ‘नाछिरी हुक्छो’ भन्ने सी.डी.(गीत) निकालेका छन् । टेकबहादुर नाछिरिङबाटै नै नाछिरिङ चालिम तोष वृत्त चित्र २०६७ निर्माण भएको छ । प्रमिला नाछिरिङ र सुमन नाछिरिङले निर्माण गरेको ‘पोउ’ भन्ने बृत्तचित्र प्रदर्शनमा आउन बाँकी छ । पोउ (सम्बन्ध) बृत्तचित्रमा निर्माण प्रमिला नाछिरिङ र निर्देशक सुमन नाछिरिङ हुन् । यो वृत्तचित्र २०७० सालमा निर्माण सम्पन्न भएको हा । कउ चानुप होमेवामी, डा. चानपु रावायउमी बोलको गीत स्वर संगीत राजेश पायल राई, प्रतापसिंह नाछिरिङको शब्द रहेको बहुभाषिक गीति क्यासेटमा सामेल भएको छ । त्यस्तैगरी ‘राधाम्मा’ नामक गीति एल्बममा ३ वटा गीत ‘राखा बाङ्देल राधाम्मा घुम्न जाउँला’, ‘तापखोला दोभान’ र ‘मारुनी’ लाई क्रमशः मेलिना राई, राजेश पायल राई, विक्रम नाछिरिङ र शान्तिराम राईले गीत गाएको छन् भने संगीत शान्तिराम राईले गरेको हुन् । यस गीतलाई लेखन लिना नाछिरिङ र कमल कुमारी नाछिरिङले गरेको हुन भने निर्माता आम नाछिरिङ समुदाय हुन् ।
यस गीतलाई लेखन लिना नाछिरिङ र कमल कुमारी नाछिरिङले लेखेकी छिन, निर्देशन सुमन बाङ्देलले गरेको हुन भने निर्माता आम नाछिरिङ समुदाय हुन् । हुक्छो, दिदाम-छमदाम, नाछिरिङ शब्दकोष, हिदुम, नाछिरिङ समचार, राधाम्मा लगयात एक दर्जन पुस्तक प्रकाशन छ ।

पहिचानसहितको आधिकारिक नाछिरिङको गीतहरु

हामी पहिचान खोज्दै छौ नि ‘।।किरात नाछिरिङ भाषामा “रा” अर्थ धान र “धाम्म्मा” को अर्थ झाट्नु वा पछार्नु वा धान दाइ गर्ने ठाउँ भन्ने बुझिन्छ । ऐतिहासिक किरात नाछिरिङ जातिले ‘ओर्गिनल प्यालेस’ उत्पती बन्शावालीमा छुट्टीएको ठाउँ हो । सब भन्दा बढी हामी नाछिरिङमा गर्बको शब्द हो “राधाम्मा” । हामी हृदयदेखि धन्यवाद दिन चाहान्छौ, लिना र कमलकुमारि नाछिरिङलाई । त्यस्तैगरी सहयोगी हातहरु युके र हङकङर प्रबास समितीलाई बिशेष धन्यवादको हकदार हुन जो उहाँहरु नभए असम्भाव थियो ।