ब्याकरण

 

हामिले सस्थागत रुपमा ब्याकरण निकाल्नको लागी परेको छौ । हामी प्राथमिक तहदेखी बिश्वबिद्यालय सम्म पाठयक्रम बनाएर अध्यायन गर्नु पर्ने छ । त्यसैको लागी शुरुमा सामान्य रुपमा ब्याकरण तयार गर्दै छौ । केहि महिनामा नै तपाईंको हातमा हुनेछ ।

………………………….किरात नाछिरिङ समुदायको आफ्नो छुट्टै मौलिक भाषा छ । विविध परिस्थितिले गर्दा अहिले किरात नाछिरिङको मातृ भाषा लोपोन्मुख हालतको संघारमा पुगेको छ । यो भाषाको संरक्षण, प्रबद्र्धन, भाषा, विज्ञान विकास गर्न र भाषाको संरक्षण, प्रबद्र्धन, भाषा, विज्ञान विकास गर्न र पुस्तान्तरणका खातिर ढिलै भए पनि किरात नाछिरिङ समुदायबाट यो भाषा जोगाई राख्ने प्रयासको थालनी भएको छ । परिणाम स्वरूप यो भाषाको वर्ण निर्धारण भएको अवस्थामा पुगेको छ । नाछिरिङ जातिको बसोबास क्षेत्रमा मातृ भाषाको रूपमा भाषिक रूपमा स्कुलमा पढाइ हुनुपर्ने जरुरी छ ।

किरात नाछिरिङ जातिको भाषिक वर्ण पहिचान निर्धारण भएको अवस्था
किरात नाछिरिङ भाषालाई अनन्य कालसम्म बचाइराख्न लेख्य परम्पराको सुरुवात गरी जगेर्ना गर्ने कञ्चन अभिप्राणले २०६२ साल मंसिर महिनामा किरात नाछिरिङ समुदायकै पहलमा भाषाशास्त्री अमृत योञ्जनलाई स्रोत व्यक्तित्वको रूपमा आमन्त्रण गरी एकहप्ता शब्दकोष लेखन निर्माण प्रशिक्षण सुसम्पन्न भएको थियो । सोही अवसरमा किरात नाछिरिङ भाषाको वर्ण पहिचान गरिएको छ । सो काममा नाछिरिङ भाषाको ७ वटा स्वरवर्ण अ आ ई उ उ ए औ र २५ वटा स्वर वर्ण क ख ग घ ङ च छ ज झ त थ द ध न प फ ब भ म य र ल व स ह पहिचान भएको छन् ।