भाषा सम्बन्धी अनुसन्धान

 

काठमाण्डौ-नेपालमा जम्मा १२४ भाषा बोलिन्छ, त्यही मध्य एक हो नाछिरिङ भाषा । पौष २१ गतेका दिन भाषा आयोगको एक टोली नाछिरिङ बसोबास भएको क्षेत्रमा लोपन्मुख भाषा सर्बेक्षण गर्न गएको छ । भाषा आयोगको तर्फबाट डा. तोयनाथ खनालको तेतृत्व अन्य ४ जनाको सदस्यहरु सहित आदिबासी किरात नाछिरिङ जातिको भाषा ‘प्राइमरी सर्भेक्षण’ गर्न खोटाङ जिल्लाको ऐसेलुखर्क गाउपालिका वार्ड १ को राखा बाङदेलमा गएको थियो । किरात नाछिरिङ जातिको बिशेष बसोबास र उत्पतीसँग जोडिएको ऐतिहासिक थलो राधाम्मा समेत रहेको छ । ठेट भाषा समेत यही ठाउमा रहेको छ, जहाँ किरात नाछिरिङ भन्दा अन्य किरातिको मिक्स बसोबास छैन त्यही भएर बिशुद्ध नाछिरिङ भाषा बोलिन्छ ।

उक्त कार्यक्रम बाङ्देलको नाछिरिङ भबनमा नाछिरिङ समुदायको उपस्थिमा कार्यक्रम गरिएको थियो । मुन्धुमबिद तथा नोक्छो असारमनी नाछिरिङ्, भाषाबिद तथा पुर्खाहरु हरी नाछिरिङ्, पुर्णध्वज नाछिरिङ्, खड्ग सिंह नाछिरिङ्, डाकमान नाछिरिङ लगायत दर्जन  उपस्थित थिए । शिक्षक रमेश नाछिरिङ्, युबा नेता प्रदिप नाछिरिङ र जिल्लाको नेता गृह बहादुर नाछिरिङ लगायत गाउलेको उपस्थिमा ‘प्राइमरी सर्बेक्षण’ अन्तर्गत पहिलो चोटी नाछिरिङ भाषा सर्बेक्षण भएको छ । ‘यो पहिलो पटक महा-सचिब र मेरो पहल मा भएको हो अब अर्को बर्ष बृहत सर्बेक्षण हुने कुरा’ किरात रदु नाछिरिङ शाखामको अध्यक्ष तारा नाछिरिङ्ले बताए ।

किरात रदु नाछिरिङ शाखाम केन्द्रिय कार्यसमितिले बिगत २०५३ साल देखी सस्थापक अध्यक्ष प्रताप सिंह नाछिरिङ्को नेतृत्वबाट अहिले सम्म पहिचान र हक अधिकारको लागी काम गर्दै आएको छ । ऐसेलुखर्क गाउपालिकाको अध्यक्ष बिश्व प्रसाद निरौलाले ‘नाछिरिङ भाषालाई बिकास गर्न आफ्नो गाउपाली सधै तत्पर रहने’ कुरा बताए । त्यस्तै गरी ऐसेलुखर्क गाउपालिका वडा न १ को वडा अध्यक्ष झन कुमार नाछिरिङ्ले ‘अब आउदो दिनमा बजेट छुट्टाएर नै भाषा तथा सस्कृती बिकास गर्न लागेको’ समेत मुन्धुमस्टार मिडियलाई भनेको छन ।

किरात रदु नाछिरिङ शाखाम केन्द्रिय कार्यसमितिको महा-सचिब सुमब बाङदेलले ‘बिगत देखी भाषाको लागी सर्बेक्षण गर्न पहल भए पनि हाल सम्म भएको थिएन तर सस्थाको पहलमा हाम्रो भाषाको हालको स्थिती अनुसार पहिलो चरणको सर्बेक्षण भएको’ बताए । बाङ्देलले थपे ‘किरात नाछिरिङ समुदायको आफ्नो छुट्टै मौलिक भाषा छ । विविध परिस्थितिले गर्दा अहिले किरात नाछिरिङको मातृ भाषा लोपोन्मुख हालतको संघारमा पुगेको छ । यो भाषाको संरक्षण, प्रबद्र्धन, भाषा, विज्ञान विकास गर्न र पुस्तान्तरणका खातिर ढिलै भए पनि किरात नाछिरिङ समुदायबाट यो भाषा जोगाई राख्ने प्रयासको थालनी भएको छ ।’