किरातीहरुको उत्पती मिथक : संसारमा सृष्टि

शिजन नाछिरिङ

नायाम्मा (सुम्निमा) बोजु परापूर्व कालमा पृथ्वीमा उत्पति हुनुभयो । त्यस कालसम्म मानवको सृष्टि भएको थिएन । सुम्निमा बोजुले यो संसारमा सृष्टि गराउने विचार गर्नुभयो । स्वर्ग र पृथ्वीमा घुमिरहने एउटा कलिया चरा थियो । उसलाई स्वर्ग र पृथ्वी सबै ठाउँका बारेमा जानकारी थियो । पारुहप बाजे स्वर्गमा बस्नुहुन्थ्यो र सीप गर्नमा एकदमै निपुण हुनुहुन्थ्योे । थुन्से, डालो, फिपी इत्यादि सामग्री कुशलतापूर्वक बनाउनु हुन्थ्यो ।

पारुहप बाजेले पृथ्वीमा नायाम्मा बोजुलाई एकदिन सम्झनु भएछ । यो मेरो सीप पृथ्वीको बोजुलाई मनपर्छ पर्दैन लगेर देऊ त भनेर कलिया चरालाई पठाइदिनु भएछ । कलिया चराले पनि बाजेले बनाएको सीप बोजुकोमा लगेर भनेछ – “बोजु, पारुहप बाजेले सीप पठाउनु भएको छ, मन पर्छ पर्दैन हेर्नु अरे ।” बोजुले सीप हेर्नु भएछ । सीप हेर्दा त अति नै राम्रो लागेछ । सीप त यति राम्रो छ भने झन पारुहप बाजे कति राम्रो हुनुहुन्छ होला भनेर कल्पना गर्नु भएछ ।

“पारुहप बाजे कस्तो हुनुहुन्छ ल्याउनू म हेर्छु” भन्नु भएछ । नायाम्मा (सुम्निमा) बोजुका कुरा सुनेर कलिया चराले पारुहप बाजेकोमा पुगी बोजुका कुरा सुनाइदिएछ । खबर सुनेर पारुहप बाजेले “म यस्तो रगत पिपले भरिएको छु, मलाई देखेर घिनाउँछ म जान्न गएर बोजुलाई सुनाइदिनू” भन्नुभयो । कलिया चराले पनि नायाम्मा बोजुकामा झरेर पारुहप बाजेले भनेका सम्पूर्ण कुरा सुनाइदियो । नायाम्मा बोजुले भन्नुभयो, “म घिनाउँदिन लिएर आउनू ।” कलिया चरा पनि पारुहप बाजेकामा गएर पृथ्वीको बोजु घिनाउनु हुन्न अरे लिएर आउनू भन्नुभएको छ, भन्यो ।

पारुहप बाजेले “यो बिमार दश महिनापछि आफैँ निस्केर जान्छ अरे भनेर बोजुलाई सुनाइदिनू” भन्नुभयो । कलिया चराले पनि नायाम्मा बोजुकामा झरेर बाजेले भनेको कुरा सबै सुनाइदियो ।

यति भनेर कलिया चराले पारुहपबाजेलाई बोकेर पृथ्वीमा नायाम्मा बोजुका सामुन्ने ल्याएर देखाइदिएछ । बोजुले पारुहप बाजेलाई रगतपिपले भरिएको र घाउखटिरासरिको डरलाग्दो देख्नुभएछ । बोजुले घिनाएर कलिया चरालाई जहाँ थियो उहाँ नै पु¥याई देऊ भन्नुभयो । नायाम्मा (सुम्निमा) बोजुका कुरा सुनेर पारुहप बाजे सा¥है इखिनु भयो । जानुभन्दा अगाडि पारुहप बाजेले चिलाउनेको टोड्कामा वीर्यसहित पिसाब गरिराख्नु भएछ । त्यसपछि कलिया चराले बाजेलाई आफ्नो ठाउँमा पु¥याइदिएछ । पारुहप बाजे रिसाएको कारण पृथ्वीमा १२ महिना सुख्खा खडेरी प¥यो । नदीनाला, खोला, कुवा सबै सुख्खा भए । नायाम्मा बोजुलाई अति नै तिर्खा लाग्यो र कलिया चरालाई मलाई तिर्खा लाग्यो पानी खोजेर ल्याऊ भन्नु भयो ।

त्यो समय पानी सबैतिर सुकिसकेको थियो र अन्त्यमा चिलाउनेको रुखको टोड्काभित्र अलिकति पानी भेट्टायो र त्यही पानी मुखमा लगाई बोक्छु भन्दा आफैं पटकपटक निलिहाल्यो । अन्तिममा पुच्छर चोबेर टोड्काको पानी लग्यो । कलिया चराले पुच्छरले छर्कंदा त्यो पानी नायाम्मा बोजुका मुख र अन्य शरीरमा परेपछि बोजुलाई पानीको तिर्खा मेटियो ।

केही समयपछि बोजुलाई त्यो पानी पिएकाले बिमार लाग्न थाल्यो । एक दिन कलिया चरालाई बोलाएर भन्नुभयो– “म बिरामी छु मेरो जोखना पारुहप बाजेकोमा लगिदेऊ” । कलिया चराले पनि जोखना लगेर देखायो । पारुहप बाजेले “यो बिमार दश महिनापछि आफैँ निस्केर जान्छ अरे भनेर बोजुलाई सुनाइदिनू” भन्नुभयो । कलिया चराले पनि नायाम्मा बोजुकामा झरेर बाजेले भनेको कुरा सबै सुनाइदियो ।

 

जब १० महिना पुग्यो तब नायाम्मा बोजुको कोखबाट सृष्टि पैदा हुनथाल्यो । सबैभन्दा पहिला गोपे बाँस, घङघरुको जन्म भयो । सबै झार जङ्गल पैदा भयो । फेरि भालु पैदा भयो, भालु पनि राखियो । नायाम्या बोजुलाई अझै चित्त बुझेन र सृष्टि गर्ने मान्छे चाहिन्छ भनेर सम्झनु भयो । फेरि पनि गर्भ धारण भयो र बाघ पैदा भयो । मान्छे जन्माउनु पर्ने कुरा फेरि सम्झनुभयो र आखिरीमा कान्छा मान्छे जन्माउनु भयो । संसारमा सृष्टिकर्ता जन्मे भनेर नायाम्मा बोजु खुशी हुनुभयो । बोजुले गर्नु भएको सृष्टि पारुहप बाजेको छोरा सोम्छा, सोम्छाको छोरा नागी, नागीको छोरा खुक्सु र खुलु तथा पृथ्वी फुटेर खक्चिलिप (माइती) र चेली तोमा (दिदी) खिमा (बहिनी) सँग निस्कनु भयो ।

सिम्बाङ सिमरङ गडीमा पृथ्वी फुटेको समयमा खक्चिलिपले ठूलो ढोका पार गरेर निस्कनु पर्ने थियो । खक्चिलिपले कालो जुरेली चराको भोग दिएर बाहिर निस्कनु भयो । त्यसकारण कालो जुरेली चरा कुबीधामी र पुर्खाहरूले खानु हुदँैन भनिन्छ । तोमा र खिमा पनि पार हुनुपर्ने थियो त्यसैले औँलााबाट रगत निकालेर केराको पातमा राखेर पार भए । त्यही समयमा केराको पात रगतसँगै बाख्राले खाइदियो ।

त्यसैकारण बाख्राको मासु नाछिरिङले खान नहुने अछुत भनिन्छ । त्यसपछि खक्चिलिपले तोमाखिमालाई पनि सँगसँगै लानुभयो । खक्चिलिप र तोमाखिमालाई तिर्खा लागेछ । खक्चिलिपले आफ्नो मुन्धुमले पानी निकालेर तिर्खा मेटायो । आजभोलि पनि त्यो पानी हलेशी सल्लेमा यथावतै छ भन्ने भनाइ छ । जाँदाजाँदा खक्चिलिप र तोमाखिमा भेट हुने ठाउँँमा पुग्नु भयो ।एउटा ढुङ्गाको आडमा आगो बालेर घर बनाएर बस्नु भयो रे भन्ने भनाइ छ ।

छुट्नु भन्दा पहिला हामी दुईको चिनो नओइलिने मचिनाको फूल रोपौँ, जसको फूल ओइलिन्छ त्यो बहिनी जीवित छैन भनी जान्नू भनेर तोमाखिमा छुटेछन् । तोमा उँभो लेकतिर र खिमा उँधो औलतिर गएछन् ।

खक्चिलिप तोमाखिमाको सारै प्यारो थियो । तोमाखिमा व्यावसायिक घरायसी सामान बनाउने कुरामा सिपालु थिए । तान बुन्नु, तङकुम्मा, मिरिरिउ, फुर्का, फकसुम, लावालुकचुम इत्यादि बुन्नुहुन्थ्यो रे । खक्चिलिपलाई हाँडीमा भात पकाएर खुवाउँनुहुन्थ्यो रे । खक्चिलिपचाहिँ उपद्रो मात्र गरिरहनुहुन्थ्यो । तोमा खिमा (दिदी बहिनी)लाई पनि जिस्काइरहनु हुन्थ्यो रे । एक दिन हाँडीमा भात पकाएको देख्नु भएछ र खुशी भएर नाँच्दै हिँड्दा लामो दाउरा बालेको रहेछ । त्यो दाउरामा अल्झेर भात पनि पोखिएछ ।

त्यो दिन खाने कुराहरू केही पनि थिएन र खक्चिलिप भोकै सुत्नु भएछ । भरे तोमाखिमा आएर हेर्दा त खक्चिलिप भोकले मरेको देखेछन् । हाम्रो भाइ (माइती) त भोकले मरेछ अब हामी दुई पनि यहाँबाट कतै जाँऊ यहाँ नबसौँ है भनेर तोमाखिमाले सल्लाह गरेछन् ।

तोमाखिमाले खक्चिलिपलाई चित्राले छोपेछन् र शिरमा चिण्डो, चिण्डोमा पानी राखिदिएछन् । पेटमाथि हाँडी राखिदिएछन् । खुट्टमा चिन्डो र चिन्डोमा पानी राखिदिएछन् । तोमाखिमाको सल्लाह सुन्ना साथ खक्चिलिप त्यहाँबाट भागिहाल्नु भयो अरे । तोमाखिमाले खक्चिलिपको हाँडीको पानी पुरै फुटाउनका लागि शिरबाट टेक्न थाले । शिरमा टेक्दा चिण्डो फुट्यो । टाउको फुट्यो भनेछन् । पेटमा टेक्दा हाँडी फुट्यो । पेट फुट्यो भनेछन् । खुट्टा टेक्दा चिण्डो फुट्यो, लौ खुट्टा भाँचियो े भनेछन् ।

त्यसैले गर्दा आज भोलि पनि मर्दा पर्दा हाँडीमा भात, बाँसको उल्टो चुङ्गोमा घरको जाँड र अर्को चुङ्गोमा दाजुभाइबाट आएको जाँड दिने चलन छ । साथै चित्राको ठाउँमा मान्द्रो लगाउने चलन पनि छँदैछ ।तोमा र खिमाले खक्चिलिप पनि मरिसक्यो अब हामी पनि यहाँ नबसौँ भन्ने सल्लाह गरेछन् । छुट्नु भन्दा पहिला हामी दुईको चिनो नओइलिने मचिनाको फूल रोपौँ, जसको फूल ओइलिन्छ त्यो बहिनी जीवित छैन भनी जान्नू भनेर तोमाखिमा छुटेछन् । तोमा उँभो लेकतिर र खिमा उँधो औलतिर गएछन् । उनीहरूको मामा लाटकोसेरो थियो । खिमाले मामालाई सधै जिस्काइराख्थिन् । एक दिन मामा लाटकोसेराले मौका पारेर खिमालाई समातेर खाइदिएछ । त्यसपछि एकिदन तोमा आएर फूल जाँच गर्दा खिमाको फूल ओइलिरहेको ….continuous.