नाछिरिङ समुदायको भुमेथान काठमाण्डौको गोकर्णमा बनाईयो

डम्बर सिंह नाछिरिङ, काठमाण्डौ-किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्यसमितिले आफ्नो नाछिरिङ धिउलु साखेल्लुवा भुमेथान निर्माण गरेको छ । उक्त कार्यसमितिको केन्द्रीय अध्यक्ष तारा नाछिरीङको नेतृत्वमा एक दर्जना सहभागी भएर आफ्नो नाछिरिङ धिउलु साखेल्लुवा भुमेथान निर्माण गरेको हो ।

किरात समुदायको महान पर्ब उधौली र उभौली भुमेथानमा पुजा गर्दै गोकर्ण जंगलमा मनाउने चलन छ । उक्त पबित्र ठाउमा ब्यबस्थित रुपमा साकेलाथान, सिल्ली नाच्ने ठाउ, सार्बजनिका टइलेट र कार्यक्रम गर्ने ठाउ निर्माण गरेको हो ।

उपत्यकामा रहेको नाछिरिङ समुदायको उधौली र उभौलिमा गोकर्ण स्थीत सरकारी अन्य किरात समुदायसँग मनाउदै आएको थियो । बिगत ४ बर्षदेखी हामी किरात रदु नाछिरिङ साखामको केन्द्रिय कार्यसमितिको नेतृत्वमा मनाउदै आएको कुरा किरात रदु नाछिरिङ साखामको केन्द्रिय महा-सचिब सुमन बाङदेलले बताए ।

नाछिरिङ समुदायको गोकर्णमा नाछिरिङ धिउलु साखेल्लुवा भुमेथान निर्माण बनाउनु सामाजिक, सास्कृतिक, धार्मिक र राजनीतिक रुपले निकै आवश्यक र महत्वपूर्ण रहेको कुरा किरात रदु नाछिरिङ साखामको केन्द्रीय अध्यक्ष तारा नाछिरिङले यस मिडियलाई बताए ।

त्यस्तै गरी खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका १ राखा बाङ्देलका घर हाल काठमाण्डौमा बस्ने र नाछिरिङ ‘धिउलु -साखेल्वा पूजा कोष समिती’ अध्यक्ष सुर्यकुमार नाछिरिङ्ले फेसबुकमा स्टाटस लेख्दै भनेका छन, ‘हाम्रो नाछिरिङ धिउलु साखेल्लुवा भुमेथान ब्यबस्थित गर्न पाउदा खुशी र हर्शित भए ।’

भुमेथान भित्र सिमलको बिरुवा र साइड्मा थिसुवा (काउलो)को बिरुवा रोप्ने काम गरियो साथै भुमेथानमा चारिबु (दुबो) र थरी थरिका फुलको बिरुवा रोपेर काम गरिएको कुरा ‘धिउलु -साखेल्वा पूजा कोष समिती’ सचिब सुनिता नाछिरिङले बताईन ।

नाछिरिङ धिउलु साखेल्लुवा भुमेथान स्थान निर्माण कार्यमा किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्य समितीको अध्यक्ष तारा नाछिरिङ्, किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्य समितीको निबर्तमान महासचिव अनिलकुमार नाछिरिङ, किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्य समितीको निबर्तमान कोषध्यक्ष भुमिचन्द्र नाछिरिङ्,‘धिउलु -साखेल्वा पूजा कोष समिती’को अध्यक्ष सुर्यकुमार नाछिरिङ, ‘धिउलु -साखेल्वा पूजा कोष समिती’को उपाध्यक्ष राजकुमार नाछिरिङ, ‘धिउलु -साखेल्वा पूजा कोष समिती’ सचिब सुनिता नाछिरिङ अन्य बिभिन्न सङ्घसस्थका ब्यक्तित्व, समाजसेबी र ब्यबसायीहरु हेमराज नाछिरिङ, पर्शुराम नाछिरिङ, मिलन नाछिरिङ, अमृत नाछिरिङ लगायत दर्जन ब्यक्तीहरु उपस्थित थिए ।

केहि समय अघी आदिबासी किरात समाज गोकर्णेश्वर वडा ९ आरुबारीको अगुवाईमा र गोकर्णेश्वर नगरपालिकाको बिषेश अनुदान सहयोग र किरात समुदायहरुको दान उपहारबाट यस राष्ट्रीय शहिद तथा शान्ति पार्क तथा यज्ञडोल, जगडोल सामुदायीक बन क्षेत्रभित्र सम्बन्धित निकायबाट कानुनी प्रकृयागत अनुमति लिएर यस क्षेत्रका सास्कृतिक, धार्मिक, आन्तरीक पर्यटन विकास लगायतका गुरुयोजना अनुसार बहुभाषिक किरात समुदायहरुको प्रकृतिक पुजाका लागि सामुहिक किरात अनुस्थान भुमेथान, श्यादरथान र ट्रस निर्माणमा थियो ।

आदिबासी किराँत समाज सस्थासँग बिगत चार वर्षदेखि उधौली उभौली पर्वमा साकेलाको पुजा गर्दै आएको छ । उभौली-उधौली किराँत सुनुवार, राई, र याक्खा जातिको महान चाड साकेला/साकेन्वा/साखेल्वा उभौली साकेला नाच पूणिर्मादेखि सुरू हुन्छ ।

उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि साकेलासखेवा शिली गर्दै नाच्दै प्रकृतिलाई पुजा गरिन्छ ।

उधौली पर्व नेपाल साथै संसार भरी छरिएर वसोवास गर्ने भुमिपुत्र मुलवासी मंगोल समुदाय मध्येको विशेष राई लिम्बूले मनाउने महान चाड हो। यसलाई साकेला उधौली पर्व पनि भनिन्छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

किराँतहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । उभौली साकेला चाडमा किरात खम्बुहरु आफ्नो जातीय पहिरन(भेषभुषा)मा सजिएर साकेलासाकेन्वासखेवा सिली नाच्छन् । कालो कोट, दौरा-सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई शिलिको इसारा गर्दै नाच्छन् । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् ।

नाछिरिङ जाती को हुन ? हाल प्रकाशन भएको किरात महासँगको जर्नल मा प्रकाशन भएको ‘नाछिरिङ जातिको परिचय’ शिर्षकमा अन्तर्गत सस्थाको अध्यक्ष तारा नाछिरिङ र महा-सचिब सुमन बाङदेल द्धारा लिखित लेखको छोटो अन्श अनुसार ….विश्वमा मानिसहरूको MAN अर्थात (Mongol, Aryan and Negro) मंगोल, आर्य र नेग्रो जातिको बसोबास रहेको छ । त्यस्तै मंगोल समुदाय अन्र्तगत किरात नाछिरिङ जाति नेपाल लगायत अन्य देशमा बसोबास गरेको छ ।

यस जातिको उद्गम थलो हाल मानिएको नेपालको एक नम्बर प्रदेशको खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका वडा नं.१, अन्तर्गत राखा बाङ्देलस्थित राधाम्मा ठाउँलाई मानिएको छ । यहीबाट नाछिरिङ जातिको ४ भाइ पूर्खाबाट सन्तान फैलिंदै आज विश्वको विभिन्न भू–भाग बसोबास गरेको छ । ४ भाइ पूर्खाहरू जेठा थुक्स, माइला रछ, साइला परबु र कान्छा सोत्तो पूर्खाहरूको नाम रहेको छ ।

जेठाको सन्तान राताप्कु राखा, माइलाको सन्तान बाम्खा वाङदेल, साइलाको सन्तान परबुु पारा र सोत्तो सोताङमा रहेको छन् । यहीबाट खोटाङ, सोलुखुम्ब, भोजपुर, सङखुवासभा, इलाम, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, ताप्लेजुङ, सर्लाही, उदयपुर, ओखलढुंगा, सिराहा, सप्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गुल्मी, कास्की लगायत भारत, जापान, हङकङ, युके, अमेरीका, कोरीय आदि विभिन्न देशमा रहेको छ ।

नाछिरिङ समुदायको ड्रेस र कठुवा
किरात नाछिरिङ जातिको दप्स्नु (सामेइ) र पाछा किरात नाछिरिङ जातिको अहिलेसम्म खोज अनुसनधानबाट पत्ता लगाए अनुसार ११० वटा सामेई छन् । नाछिरिङको आदिम उद्गम भूमि, साझा भूगोल, जनसख्ंया र जनसंख्या विवरण हेर्दा नेपालको पूर्वीभेक माझ किरातमा अवस्थित राखा बाङ्देलको राधाम्मा भूमि किरात नाछिरिङहरूका आदिम उद्गम भूमि भई हालको खोटाङ जिल्लाको उत्तरी भेग र सोलुखुम्बु जिल्लाको पूर्वी भेगको साझा भूगोलमा प्रथम आवाद गरी बसोवा गर्दै आएका हुन् ।

किरात नाछिरिङहरूका जनसंख्या जनगणना २०६८ सालको अनुसार ७१५४ जना र भाषिक वक्ता १०,०४० जना देखाएको छ तर हामी नाछिरिङहरूका जनसख्ंया २ लाख भन्दा बढी छ । आजको दुनियाँमा कामको खोजीको सिलसिलामा विभिन्न मुलुकहरूमा समेत छरिन पुगेका छन् ।

राष्ट्रिय जनगणना २०७८ मा नाछिरिङ लेखौ अभियानमा किरात रदु नाछिरिङ साखाम

कल्पना नाछिरिङ्, काठमाण्डौ- किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्यसमितिले राष्ट्रिय जनगणना २०७८ : मेरो गणना, मेरो सहभागिता हुँदा नाछिरिङ लेखाउन सबै नाछिरिङ्लाई आग्रह गरेको छ । १० बर्षसम्म यो गणनाको डाटाले नै काम गर्ने हुँदा सबैले एक अर्कोमा बुझाई गणना गर्नु पर्दछ । संघीयता कार्यान्वयनका लागि विभिन्न क्षेत्रका तथ्यांकको ठूलो माग छ । त्यसको आपूर्ति जनगणनाबाट मात्र सम्भव छ । त्यसैले सही गणना गर्नु पर्ने छ ।

किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्यसमितिले जणना गर्दा सोधिने प्रश्नहरु : तपाईंको कुन जाति हो ? तपाइको भाषा कुन हो ? तपाईंको पुर्खौली भाषा कुन हो ? भन्ने प्रश्नको उत्तर नाछिरिङ लेख्न अनुरोध लेख्नु पर्ने र तपाईंको दोश्रो भाषा कुन हो ? नेपाली वा छिमेकी कोयी/दुमी /साङ्पाङ /नेपाली लेख्नु र तपाईको कुन धर्म मान्नुहुन्छ ? प्रश्नमा किरात मुन्धुम लेख्नु पर्ने कुरा गर्दै प्रचार गरिएको छ ।

किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्यसमितिको महासचिब सुमन बाङदेल भन्छन, ‘विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग तथा उमेर समूहका समग्रमा हामी कति छौं ? कहाँ छौ ? र कुन अवस्थामा छौ ? भन्ने थाहा पाउनु नै जनगणनाको प्रमुख उद्देश्य हो । यि विवरणहरुका आधारमा नै राज्यले आम नागरिकहरुको हितका लागि अब के गर्नुपर्छ ? कहिले गर्नुपर्छ ? र कसरी गर्नुपर्छ ? भन्ने जस्ता नीति, योजना तथा कार्यक्रमहरु तय गर्दछ त्यसले महत्वपुर्ण छ ।’

साथै थपे ‘हाम्रो सहभागिता निकै नै अर्थपुर्ण र महत्वपुर्ण रहेको छ, निर्वाचन क्षेत्र निर्धारण गर्न, केन्द्र सरकारबाट प्रदेश सरकार र स्थानीयतहमा श्रोत परिचलान गर्न, स्थानीय तह सम्मकै योजना तर्जुमा गर्न, जनसंख्या अध्ययन गर्न, अर्को जनगणना नभएसम्मका लागि जनसंख्या प्रक्षेपण गर्न, राष्ट्रिय कृषि गणना लगायत अन्य सर्वेक्षणहरूका लागि नमूना छनौट गर्न फ्रेम उपलब्ध गराउन, लघु क्षेत्र अनुमान गर्न आदिमा जनगणनाको तथ्यांक प्रयोग हुने गर्दछ, त्यसैले हामी कोहो र काही पनि नछुटौ, पहिचान लेखौ र लेखाउ ।’

किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्यसमितिले बिगत २०७६ साल देखी नै किरात महासङ्घ लगायत बिभिन्न सङ्घसस्थासँग सहकार्य गर्दै जणगणमा नाछिरिङ्को सही पहिचान लेखाउने अभियान थालिएको थियो । उक्त कार्य सस्थाले राष्ट्रिय जनगणनाको लागी तथ्याङ्क्क बिभागसँग आबश्यक सहकार्य र गणकमा नाछिरिङ बस्ति, गाउ, वडा र गाउपालिकमा नाछिरिङ नै गणक राख्नु अनुरोध गरेको कुरा किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्यसमितिको अध्यक्ष तारा नाछिरिङले बताए । उनले थपे सबै देश बिदेशमा भएको नाछिरिङ्ले अहिले देखी नै आफ्नो घर परिवारमा बुझाइ सही पहिचान दिनु पर्दछ ।

किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्यसमितिको सस्थापक अध्यक्ष प्रताप सिंह नाछिरिङ फेसबुकमा नै स्टाटस लेखेका छन्, ‘हामी पहिचानको दौडमा छौ, २०७८ को गणमा जोडतोडका साथ सबै नाछिरिङ लेखौ र लेखाउ ।’

किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्यसमितिको दिउलु साल्खेला कोषको अध्यक्ष सुर्यकुमार नाछिरिङले भने हामी यस राष्ट्रिय जनगणना २०७८ सबै नाछिरिङ गाउ-बस्ती र जिल्लामा कार्यक्रम गरी सचेत रुपम सही पहिचान लागी लागेको कुरा बताए ।

किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्यसमितिको अध्यक्ष तारा नाछिरिङले फेसबुक मार्फत लेखेका छन, ‘किरातीहरु “राई” होइनन् भन्ने आधारहरु १. राईको वंशावली पाइदैन। यो कुनै किराती वंशसंग जोडिदैन ।, २. राईको इतिहास पाइदैन ।, ३. राईको भाषा, संस्कृति कतै पाइदैन ।, ४. इतिहासकार, अनुसन्धानकर्ताहरुको अनुसार “राई” ‘जाति जनाउने शब्द नभै पदवी जनाउने शब्द हो । यो पृथ्वीनारायण शाहले किरात भूमि गोर्खा राज्यमा गाभेपछि किराती मुख्खेलीहरुलाई स्थानीय शासन हेर्न र जनताबाट कर उठाउने जिम्मेवारीकासाथ दिएको पद हो । त्यसैले सबैले किराती सभ्याता भित्रको पहिचान नाछिरिङ, चाम्लिङ, कुलुङ, थुलुङ, खालिङ, साम्पाङ, मेवाहाङ, बाहिङ बान्तवा लगायत लेख्न अनुरोध गरेका छन ।’

केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा गरिने राष्ट्रिय जनगणना बिक्रम संबत १९६८ देखि संचालन गर्दै आएको छ र यसको बाह्रौं श्रृंखला जेष्ठ २५ देखि असार ८ , २०७८ सम्म सञ्चालन हुनेछ । यस राष्ट्रिय कार्यक्रममा भाग लिन हामी सबैलाई अनुरोध गरेको छ । जनगणना भन्नाले मुलुकभित्र बसोबास गरिरहेका सम्पूर्ण व्यक्तिहरुको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्ने प्रक्रिया हो । जनगणना प्रत्येक १० वर्षमा एक पटक गर्ने गरिन्छ । नेपालमा पहिलोपटक जनगणना लिने कार्य वि. सं. १९६८ सालमा भएको थियो ।

जुन बेला चन्द्रशमसेर प्रधानमन्त्री थिए । त्यसपछि केही अपवाद बाहेक १०–१० वर्षको अन्तरालमा जनगणना गर्ने कार्य भइरहेको छ । पछिल्लो जनगणना बि.सं. २०६८ सालमा भएको थियो, जसले जनगणनाको १०० वर्षको इतिहास रचेको थियो । अब वि.सं. २०७८ सालमा जनगणनाको १२औ श्रृंखला सञ्चालन हुनेछ । यो जनगणना नेपाल संघियतामा प्रवेश गरे पश्चातको पहिलो जनगणना हुनेछ । आगामी जनगणना २०७८ सालको जेठ/असारमा हुदैछ । यसको तयारी अहिले तीव्र रुपमा भइरहेको छ ।

उभौली उधौली पर्व

किरात समुदायमा प्रचलित चाड उभौली-उधौली प्रकृति र पितृको पुजा अर्चना गरेर ढोल झ्याम्टाको तालमा नाच्दै गाउँदै हर्शोल्लासका साथ सामुहिक रुपमा मनाउने गरिन्छ । बालीनाली लगाइसकेपछि जंगली जनावर, किरा, फट्यांग्रा, चरा चुरुङ्गी केहि नलागोस, समग्र बालीनाली सप्रियोस, रोगव्याधी हटोस्, खडेरी नलागोस्, सहकाल रहोस्, अनिकाल हटोस् जस्ता बल पुकार भाकल गर्दै उभौली मनाइन्छ । उधौलीमा बालीनाली उठाइसके पछि बालीनाली लगाउन सिकाउने पू्र्खा र अन्नबाली हुर्काउने प्रकृति देवलाई सर्वप्रथम चढाएर आफु खानलाई अनुमति लिने गरिन्छ ।

आदिम कालिन किरात सभ्यतामा समानता रहेता पनि समय क्रमसँगै विस्तारित हुँदै जाँदा उधौली-उभौलीलाई कोइँच(सुनुवार) समुदायमा श्याँदर पिदार, राई समुदायमा शाकेला, लिम्बू समुदायमा चासोक ताङ्नाम र याक्खा समुदायमा चासुवा भन्न थालियो ।

किरातीहरुको उत्पती मिथक : संसारमा सृष्टि

शिजन नाछिरिङ
नायाम्मा (सुम्निमा) बोजु परापूर्व कालमा पृथ्वीमा उत्पति हुनुभयो । त्यस कालसम्म मानवको सृष्टि भएको थिएन । सुम्निमा बोजुले यो संसारमा सृष्टि गराउने विचार गर्नुभयो । स्वर्ग र पृथ्वीमा घुमिरहने एउटा कलिया चरा थियो । उसलाई स्वर्ग र पृथ्वी सबै ठाउँका बारेमा जानकारी थियो । पारुहप बाजे स्वर्गमा बस्नुहुन्थ्यो र सीप गर्नमा एकदमै निपुण हुनुहुन्थ्योे । थुन्से, डालो, फिपी इत्यादि सामग्री कुशलतापूर्वक बनाउनु हुन्थ्यो ।

पारुहप बाजेले पृथ्वीमा नायाम्मा बोजुलाई एकदिन सम्झनु भएछ । यो मेरो सीप पृथ्वीको बोजुलाई मनपर्छ पर्दैन लगेर देऊ त भनेर कलिया चरालाई पठाइदिनु भएछ । कलिया चराले पनि बाजेले बनाएको सीप बोजुकोमा लगेर भनेछ – “बोजु, पारुहप बाजेले सीप पठाउनु भएको छ, मन पर्छ पर्दैन हेर्नु अरे ।” बोजुले सीप हेर्नु भएछ । सीप हेर्दा त अति नै राम्रो लागेछ । सीप त यति राम्रो छ भने झन पारुहप बाजे कति राम्रो हुनुहुन्छ होला भनेर कल्पना गर्नु भएछ ।

“पारुहप बाजे कस्तो हुनुहुन्छ ल्याउनू म हेर्छु” भन्नु भएछ । नायाम्मा (सुम्निमा) बोजुका कुरा सुनेर कलिया चराले पारुहप बाजेकोमा पुगी बोजुका कुरा सुनाइदिएछ । खबर सुनेर पारुहप बाजेले “म यस्तो रगत पिपले भरिएको छु, मलाई देखेर घिनाउँछ म जान्न गएर बोजुलाई सुनाइदिनू” भन्नुभयो । कलिया चराले पनि नायाम्मा बोजुकामा झरेर पारुहप बाजेले भनेका सम्पूर्ण कुरा सुनाइदियो । नायाम्मा बोजुले भन्नुभयो, “म घिनाउँदिन लिएर आउनू ।” कलिया चरा पनि पारुहप बाजेकामा गएर पृथ्वीको बोजु घिनाउनु हुन्न अरे लिएर आउनू भन्नुभएको छ, भन्यो ।

पारुहप बाजेले “यो बिमार दश महिनापछि आफैँ निस्केर जान्छ अरे भनेर बोजुलाई सुनाइदिनू” भन्नुभयो । कलिया चराले पनि नायाम्मा बोजुकामा झरेर बाजेले भनेको कुरा सबै सुनाइदियो ।

यति भनेर कलिया चराले पारुहपबाजेलाई बोकेर पृथ्वीमा नायाम्मा बोजुका सामुन्ने ल्याएर देखाइदिएछ । बोजुले पारुहप बाजेलाई रगतपिपले भरिएको र घाउखटिरासरिको डरलाग्दो देख्नुभएछ । बोजुले घिनाएर कलिया चरालाई जहाँ थियो उहाँ नै पु¥याई देऊ भन्नुभयो । नायाम्मा (सुम्निमा) बोजुका कुरा सुनेर पारुहप बाजे सा¥है इखिनु भयो । जानुभन्दा अगाडि पारुहप बाजेले चिलाउनेको टोड्कामा वीर्यसहित पिसाब गरिराख्नु भएछ । त्यसपछि कलिया चराले बाजेलाई आफ्नो ठाउँमा पु¥याइदिएछ । पारुहप बाजे रिसाएको कारण पृथ्वीमा १२ महिना सुख्खा खडेरी प¥यो । नदीनाला, खोला, कुवा सबै सुख्खा भए । नायाम्मा बोजुलाई अति नै तिर्खा लाग्यो र कलिया चरालाई मलाई तिर्खा लाग्यो पानी खोजेर ल्याऊ भन्नु भयो ।

त्यो समय पानी सबैतिर सुकिसकेको थियो र अन्त्यमा चिलाउनेको रुखको टोड्काभित्र अलिकति पानी भेट्टायो र त्यही पानी मुखमा लगाई बोक्छु भन्दा आफैं पटकपटक निलिहाल्यो । अन्तिममा पुच्छर चोबेर टोड्काको पानी लग्यो । कलिया चराले पुच्छरले छर्कंदा त्यो पानी नायाम्मा बोजुका मुख र अन्य शरीरमा परेपछि बोजुलाई पानीको तिर्खा मेटियो ।

केही समयपछि बोजुलाई त्यो पानी पिएकाले बिमार लाग्न थाल्यो । एक दिन कलिया चरालाई बोलाएर भन्नुभयो– “म बिरामी छु मेरो जोखना पारुहप बाजेकोमा लगिदेऊ” । कलिया चराले पनि जोखना लगेर देखायो । पारुहप बाजेले “यो बिमार दश महिनापछि आफैँ निस्केर जान्छ अरे भनेर बोजुलाई सुनाइदिनू” भन्नुभयो । कलिया चराले पनि नायाम्मा बोजुकामा झरेर बाजेले भनेको कुरा सबै सुनाइदियो ।

जब १० महिना पुग्यो तब नायाम्मा बोजुको कोखबाट सृष्टि पैदा हुनथाल्यो । सबैभन्दा पहिला गोपे बाँस, घङघरुको जन्म भयो । सबै झार जङ्गल पैदा भयो । फेरि भालु पैदा भयो, भालु पनि राखियो । नायाम्या बोजुलाई अझै चित्त बुझेन र सृष्टि गर्ने मान्छे चाहिन्छ भनेर सम्झनु भयो । फेरि पनि गर्भ धारण भयो र बाघ पैदा भयो । मान्छे जन्माउनु पर्ने कुरा फेरि सम्झनुभयो र आखिरीमा कान्छा मान्छे जन्माउनु भयो । संसारमा सृष्टिकर्ता जन्मे भनेर नायाम्मा बोजु खुशी हुनुभयो । बोजुले गर्नु भएको सृष्टि पारुहप बाजेको छोरा सोम्छा, सोम्छाको छोरा नागी, नागीको छोरा खुक्सु र खुलु तथा पृथ्वी फुटेर खक्चिलिप (माइती) र चेली तोमा (दिदी) खिमा (बहिनी) सँग निस्कनु भयो ।

सिम्बाङ सिमरङ गडीमा पृथ्वी फुटेको समयमा खक्चिलिपले ठूलो ढोका पार गरेर निस्कनु पर्ने थियो । खक्चिलिपले कालो जुरेली चराको भोग दिएर बाहिर निस्कनु भयो । त्यसकारण कालो जुरेली चरा कुबीधामी र पुर्खाहरूले खानु हुदँैन भनिन्छ । तोमा र खिमा पनि पार हुनुपर्ने थियो त्यसैले औँलााबाट रगत निकालेर केराको पातमा राखेर पार भए । त्यही समयमा केराको पात रगतसँगै बाख्राले खाइदियो ।

त्यसैकारण बाख्राको मासु नाछिरिङले खान नहुने अछुत भनिन्छ । त्यसपछि खक्चिलिपले तोमाखिमालाई पनि सँगसँगै लानुभयो । खक्चिलिप र तोमाखिमालाई तिर्खा लागेछ । खक्चिलिपले आफ्नो मुन्धुमले पानी निकालेर तिर्खा मेटायो । आजभोलि पनि त्यो पानी हलेशी सल्लेमा यथावतै छ भन्ने भनाइ छ । जाँदाजाँदा खक्चिलिप र तोमाखिमा भेट हुने ठाउँँमा पुग्नु भयो ।एउटा ढुङ्गाको आडमा आगो बालेर घर बनाएर बस्नु भयो रे भन्ने भनाइ छ ।

छुट्नु भन्दा पहिला हामी दुईको चिनो नओइलिने मचिनाको फूल रोपौँ, जसको फूल ओइलिन्छ त्यो बहिनी जीवित छैन भनी जान्नू भनेर तोमाखिमा छुटेछन् । तोमा उँभो लेकतिर र खिमा उँधो औलतिर गएछन् ।

खक्चिलिप तोमाखिमाको सारै प्यारो थियो । तोमाखिमा व्यावसायिक घरायसी सामान बनाउने कुरामा सिपालु थिए । तान बुन्नु, तङकुम्मा, मिरिरिउ, फुर्का, फकसुम, लावालुकचुम इत्यादि बुन्नुहुन्थ्यो रे । खक्चिलिपलाई हाँडीमा भात पकाएर खुवाउँनुहुन्थ्यो रे । खक्चिलिपचाहिँ उपद्रो मात्र गरिरहनुहुन्थ्यो । तोमा खिमा (दिदी बहिनी)लाई पनि जिस्काइरहनु हुन्थ्यो रे । एक दिन हाँडीमा भात पकाएको देख्नु भएछ र खुशी भएर नाँच्दै हिँड्दा लामो दाउरा बालेको रहेछ । त्यो दाउरामा अल्झेर भात पनि पोखिएछ ।

त्यो दिन खाने कुराहरू केही पनि थिएन र खक्चिलिप भोकै सुत्नु भएछ । भरे तोमाखिमा आएर हेर्दा त खक्चिलिप भोकले मरेको देखेछन् । हाम्रो भाइ (माइती) त भोकले मरेछ अब हामी दुई पनि यहाँबाट कतै जाँऊ यहाँ नबसौँ है भनेर तोमाखिमाले सल्लाह गरेछन् ।

तोमाखिमाले खक्चिलिपलाई चित्राले छोपेछन् र शिरमा चिण्डो, चिण्डोमा पानी राखिदिएछन् । पेटमाथि हाँडी राखिदिएछन् । खुट्टमा चिन्डो र चिन्डोमा पानी राखिदिएछन् । तोमाखिमाको सल्लाह सुन्ना साथ खक्चिलिप त्यहाँबाट भागिहाल्नु भयो अरे । तोमाखिमाले खक्चिलिपको हाँडीको पानी पुरै फुटाउनका लागि शिरबाट टेक्न थाले । शिरमा टेक्दा चिण्डो फुट्यो । टाउको फुट्यो भनेछन् । पेटमा टेक्दा हाँडी फुट्यो । पेट फुट्यो भनेछन् । खुट्टा टेक्दा चिण्डो फुट्यो, लौ खुट्टा भाँचियो े भनेछन् ।

त्यसैले गर्दा आज भोलि पनि मर्दा पर्दा हाँडीमा भात, बाँसको उल्टो चुङ्गोमा घरको जाँड र अर्को चुङ्गोमा दाजुभाइबाट आएको जाँड दिने चलन छ । साथै चित्राको ठाउँमा मान्द्रो लगाउने चलन पनि छँदैछ ।तोमा र खिमाले खक्चिलिप पनि मरिसक्यो अब हामी पनि यहाँ नबसौँ भन्ने सल्लाह गरेछन् । छुट्नु भन्दा पहिला हामी दुईको चिनो नओइलिने मचिनाको फूल रोपौँ, जसको फूल ओइलिन्छ त्यो बहिनी जीवित छैन भनी जान्नू भनेर तोमाखिमा छुटेछन् । तोमा उँभो लेकतिर र खिमा उँधो औलतिर गएछन् । उनीहरूको मामा लाटकोसेरो थियो । खिमाले मामालाई सधै जिस्काइराख्थिन् । एक दिन मामा लाटकोसेराले मौका पारेर खिमालाई समातेर खाइदिएछ । त्यसपछि एकिदन तोमा आएर फूल जाँच गर्दा खिमाको फूल ओइलिरहेको ….continuous.

किरात नाछिरिङ साखमको सम्मान तथा सांस्कृतिक कार्यक्रम

किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्यसमितिले धुम्बराही स्थिती यस आर पार्टी प्यालेसमा ५ जेष्ठ शनिबारका दिन राष्ट्रीय स्तरको कार्याक्रम भब्य गर्‍यो । यस किरात रदु नाछिरिङ शाखम केन्द्रीय समितिले बिशिष्ट ब्यक्तिको समान तथा सास्कृतिक कार्यक्रम गरेको हो ।

भाषा आयोगको अध्यक्ष सम्मानिय डा. लभदेब अवस्थितिको प्रमुख अथिति, भाषा बैज्ञानीक अमृत योन्जन, किरात महासङ्घको अध्यक्ष पृथ्बी मुकारुङ, नाछिरिङ सस्थाको सस्थापक अध्यक्ष प्रताप सिन्ह नाछिरिङ बिशिष्ट अथिती थिए । त्यस्तै गरी निबर्तमान अध्यक्ष गृह बहादुर नाछिरिङ्, बरिष्ट गायक शम्भु राई, बरिष्ट साहित्यकर तथा पत्रकार ईन्द्र कुमार सरित्, समाजसेबी मधु छेत्री लगायत दर्जन अथितिहरु थिए । कार्यक्रम सभापती तारा नाछिरिङ गरेको थियो भने औपचारिक कार्यक्रम सुमन बाङ्देलले सन्चालन गरेको थियो ।

भाषा आयोगको अध्यक्षले नाछिरिङ सस्थाले बोलाउनु भएकोमा खुशी ब्यक्त गर्दै आउने दिनमा भाषाको क्षेत्रमा काम गर्न अझ जोस मिलेको र नाछिरिङ समुदायको निकट भबिष्यमा भाषा सबेक्षण गर्ने प्रतिबद्दता ब्यक्त गर्न्नु भयो । उहाले थप्दै भने बढी भन्दा बढी आफ्नो भाषा बोल्दा राम्रो हो, साथमा सस्कृतिलाई बचाउनु पर्छ ।
भाषा बाचे मात्रा हामी बाछौ भन्दै भाषा बैज्ञानिक अमृत योन्जनले भाषाको क्षेत्रमा भाषिक अधिकार काम गरी रहेको बताए । मातृभाषामा स्कुलमा पढाउनु पर्दछ । जब तपाईंको नानी नाछिरिङ भाषाको पाठय पुस्तक बोकेर स्कुल जान्दैन तब सम्म भाषा सरक्षण हुन्दैन । त्यसैले पाठयक्रम तयार गरी आफनो भाषाको बिकार गर्नु पर्ने तर्क राखेको छन ।

कार्यक्रम मा सुनुवार सेवा समाज बाट साकेला सिल्लि, खोटाङ बतासे समाज र नाछिरिङ बाट साखेल्ला सिल्ली सास्कृतिक प्रस्तुत हुँदा अथितीहरु खुशी ब्यक्त गरेको थियो ।

त्यस्तै गरी राष्ट्रीय कलाकारलाई समान गरियो । बरिष्ट गायक शम्भु राई, गायिका तथ मोडेल समझना राई, फुलेन्देको आमा उमेश राई, मिना राई, राधा राई, लीला राई, सचिन राई, अमित परियार्, राज किराति, एन्जिला राई, सिमोन परियार, बसन्ती लामा, रायरा हाम्रुङ्, अस्मिता राई, जेनी महर्जन राई, बिक्रम राई, गितकार दर्पन राई र कार्यक्र्म प्रस्तोत साहस राईलाई कदर पत्र सहित सम्मान गरियो ।

अनौपचारिक कार्यक्रममा मनोरन्ज लागी राष्ट्रीय कलाकार बाट बिजोड प्रस्तुती हुँदा दर्शकले उफ्रीएर हुन्टिङ गर्दै ‘वान्स मोर’ भन्दै मनोरन्जन लिएका थियो । अनौपचारिक कार्यक्र्म प्रस्तोता साहस राइले सन्चालन गरेको थियो । यस कार्यक्रम बाट खुब मनोरन्जन लिएको भन्दै दर्शकहरु खुशी ब्यक्त गरेका थिए । कार्यक्रमको समय बेलुका ५ बजे सम्म मात्र भए नि दर्शकहरुको मागको कारण ७ बजे सम्म कार्यक्रम गरिएको थियो ।