सुचिकरण मुद्दा

मानव जाति उत्पति कालदेखि नै आफ्नो अस्तित्व रक्षा र निरन्तरताका लागि व्यवधानसँग लड्दै आइरहेको छ।

त्यसैले कतिपय मानिस जीवन भनेको नै संघर्ष हो भन्छन्। मानव समाज विकासको शैशवकालका सरल संरचनादेखि आजको विकसित अवस्थाको जटिल संरचनामा व्यवधानबाट मुक्तिका लागि अविरल प्रयत्नरत छ।

मानिसले भोग्नु परेका ती कठिनाइ (चाहे प्राकृतिक हुन्, चाहे मानवनिर्मित) माथिको विजय नै सभ्यता र उन्नतिका द्योतक हुन्। यसरी हेर्दा मानिसले आजसम्म गरेको अविरल प्रयत्न नै मुक्तिको प्रयास हो।

प्राचिनकालका सबै धर्मशास्त्रमा अन्ततोगत्व मुक्तिको बाटो देखाउने प्रयास गरेको पाइन्छ। यो अलग विषय हो कि प्रमाणित तथ्य र तर्कसंगत विषय नभएकाले आज ती शास्त्र अन्धविश्वास भए पनि आफ्नो समयको समाज परिचालनमा उपयोगी भएको तर्कसंगत लाग्छ।

आजको समाज मूलतः धर्मशास्त्र नभई राज्यसत्ता र यसले अवलम्बन गर्ने विधि विधानले परिचालन हुन्छ। आधुनिक समाजले सर्वप्रथम राज्यसत्ता र विधि विधानको विशिष्ट व्यवस्थाबाट आफ्नो मुक्तिको परिकल्पना गरेको प्रयासलाई हामी प्रजातान्त्रिक आन्दोलन भन्न सक्छौं।

आजको युग पहिचानको युग हो । त्यसैले नाछिरिङ समुसदायको सस्थाले पनि आफ्नो अनुकुल पहिचान खोज्दै गर्दा किरातका सन्तानहरु चाम्लिङ, नाछिरिङ, बाहिङ, लोहोरुङ, कुलुङ आदिले जातीय स्वपहिचानको आन्दोलनमा सम्मिलित हुन आए ।

यसरी पाँच किरातीहरुको संस्था बाहिङ, कुलुङ, चाम्लिङ, नाछिरिङ र लोहोरुङ गरी पाँच किरातीहरुको संस्था (बाकुलोचाना) बन्यो । यसको नामकरणा यस सस्थाको निबर्तमान महासचिब अनिल कुमार नाछिरिङ्ले गरेको हुन ।

मानव समाजको माथिको अनुभूति र पृष्ठभूमिको आधारमा ६०–७० को दशकतिर पश्चिमी देशहरूमा एउटा नयाँ किसिमको राजनीतिक चिन्तन देखा पर्न थाल्यो। जसलाई पहिचानको राजनीति भनिन्छ।

८० को दशक (जब सोभियत संघ  समाप्त भयो) सम्म आइपुग्दा यो चिन्तनले विश्वव्यापी रूप लिइसकेको थियो। बहुजातीय/राष्ट्रिय देशहरूमा राजनीतिक, आर्थिक स्वतन्त्रताले मात्र समूहगत विभेद अन्त्य नहुने भएकाले सामाजिक, सांस्कृतिक स्वतन्त्रता पनि मानवीय मुक्तिका लागि अपरिहार्य छ भन्ने चिन्तन नै पहिचानको राजनीतिक चिन्तन हो।

आजको दिनसम्म पनि यस मुद्धा झन गहन हुँदै गएको छ । हामी अन्तत अन्तिम धडकनसम्म पहिचान प्राप्त नभएसम्म लडछौ ।