मुन्धुम तयार

 

नाछिरिङको बृहत मुन्धुम निकाल्ने लागी परेको छौ । पहिला पनि लेख रचना र केहि भाषा सस्कारको किताब प्रकाशन भई सकेको छ । नाछिरिङ मुन्धुमी किताब बृहत रुपमा लेख्दै छौ …तर सामान्य रुपमा निम्न रहेको छ ।

हामी नाछिरिङ जातिको मुद्धुममा वर्णन गरिए अनुसार सृष्टिकालमा पारूपपा र नायाम्मा देवलोकमा बस्नुहुन्थ्यो रे । पारूपपा र नायाम्मा एक दिन तल पृथ्वीलोकमा झर्नु भएछ । तल पृथ्वीलोकमा सृष्टिदेव पारूपपा र नायाम्माले मानव सृष्टि गरी यो शून्य पृथ्वीलोकमा पनि सभ्यताको सुरुवात गर्ने विचार गरी मानव सृष्टि गर्न लाग्नु भएछ । तर मानव पुत्र हामीले के को सृष्टि गर्ने भनी पारूपपा र नायाम्मा बिच सल्लाह गर्नुभएछ । नायाम्माले सृष्टिदेव पारूपपालाई भन्नु भएछ हजुरले जे को बनाउनु हुन्छ । त्यसैमा मेरो मन्जुर छ भनी सृष्टिदेव पारूपपा सामु भनेछ । पारूपपाले पनि सोचविचार गर्दा यस धर्तीमा बहुमूल्य धातु सुन, चाँदी, हिरा, मोतीको बनाउँदा राम्रो हुन्छ भनी सुन, चाँदी, हिरा, मोती मिसाई मानव पुत्र बनाउनु भएछ, अनि त्यो बनाएको मानव पुत्रको मुखमा आफ्नो मुख जोडी जोडले भित्र श्वास फुकिदिनु भएछ । तर त्यो मानवपुत्रको मुखबाट श्वासभित्र पसेनछ । त्यसपछि फेरि खरानी, माटो, ढुंगा र रातमा परेको शीतको पानीमा मुछी बनाउनु भएछ अनि फेरि पहिलाको सुन, चाँदी, हिरा, मोतीको मानव पुत्रलाई जस्तै आफ्नो मुख जोडी फुकी दिंदा त्यो मानव पुत्रमा पसी पेट फुलेछ । अनि पारूपपा र नायाम्मा खुसीले गद्गद् हूँदै पारूपपाले बोल मनुष्य भी बोलाउँदा नबोली मुख मात्र आँ गरेछ । अनि किन आवाज निस्कने भनी पारूपपाले जाची हेर्दा त्यो मानव पुत्रको जिब्रो बनाउन बिर्सिएको रहेछ । त्यसैगरी हत्तपत्त माछाको जिब्रो झिकी लगाई बोलाउँदा हुँ भनी बोलेछ । त्यसरी ढुंगा, माटो, खरानी, पानीबाट बनेको मानव शरीर भएकोले नै हामी मरेपछि माटोमा विलय हुन्छौँ भन्ने भनाई छ । यदि सुन, चाँदी, हिरा, मोतीबाट बनेको मानव पुत्र बोलेका भए हामी मानव कहिल्यै पनि नमर्ने अजम्वरी हुन्थ्यौ रे । त्यही ढुंगा, माटो, खरानी, पानीबाट बनेको हुनाले नै हामी जन्मेपछि मर्नुपर्छ भन्ने हामी नाछिरिङ जातिको मिथक छ । अघि त्यो माछाको जिब्रो झिकी मानवकोमा लगाई दिएपछि पारूपपाले माछाको जिब्रो बनाई लगाउन भुली त्यत्तिकै छोडी दिएकोे माछाको जिब्रो नभएको हो भन्ने भनाई नाछिरिङ मिथकमा वर्णन गरिएको छ । त्यसपछि त्यो मानव पुत्रको नाम सृष्टिदेव पारूपपाले परन्तुदेव राखी भन्नु भएछ । हे ऽ परन्तुदव आजदेखि तिमी यस पृथ्वीलोकको मालिक हौँ । तिमीले यस धर्तीलोकमा सृष्टि गर्दै जाउ, तिम्रो सृष्टिका सन्तानहरू यस धर्तीमा ढुंगा र माटोसरि फैलिएर जाओस् भन्दै सम्पूर्ण सृष्टि गर्ने शक्ति परन्तुदेव माथि प्रदान गरी पारूपपा र नायँममा पितृलोक फर्की जानु भएछ ।

त्यसरी सृष्टिदेव पारूपपा र नायाम्मा पितृ लोकमा गएपछि त्यो मानव पुत्र परन्तुदेवमा इच्छा शक्ति पैदा भई दुई छोरा परोकम्मी र नामसारी सृष्टि हुन गयो । ती परोकम्मी र नासामी सृष्टि हुन गयो । ती परोकम्मी र नासामीबाट पनि दिनानु दिन शाखा सन्तान हुँदै जाँदा यस धर्तीमा सयौँ हजारौँको संख्यामा सन्तानहरू बढेर जान थाल्यो । त्यसरी जाने क्रममा कोही पूर्व कोही पश्चिम कोही उत्तर–दक्षिण हुँदै चारै दिशामा छुट्र्टिर गए । यसरी जाँदा जुन दिशाको मोटोमा पुग त्यही ठाउँको माटोमा नै मानव जातिको उत्पत्ति भएका थलो हो भन्ने हाम्रो नाछिरिङ मुद्धुम्मा भनिएको छ । त्यसैगरी आफ्नो शाखा सन्तानहरू यस विश्व धर्ती माटोमा बढ्दै जाने क्रममा आ–आफूभित्रको बोली भाषा रीतिरिवाज, इत्यादि अलग–अलग हुन गयो । एउटाले बोलेको भाषा अर्कोले बुझेनन् जानेन् त्यसो भएकोले जतिजतिको बोली, भाषा रीतिरिवाज मिल्यो त्यति–त्यतिको एक जात एक वंश समूह बन्न गयो । त्यसरी आ–आफूभित्रको जाति भई लाखापाखा लागेको हो भनी वर्णन गरिएको छ । यसो हुँदै जाँदा जुन दिशामा पुगे त्यस ठाउँको जात वंशीको राजा भई बसे । यसरी यो धर्तीमा आ–आफू राजा भई बस्ने  क्रममा आठौँ राजा पारूपपा थिए । पारूपपाको शाखा सन्तान मध्ये सातौँ पुस्ताको राजा लयहाङ थियो । त्यही लयाहाङको पाँच छोरीहरू थिए । ती लयाहाङकी छोरी मध्ये कान्छी छोरी सत्यहाङमा एक दिन घरमा बसी रहँदा दैवी शक्ति पैदा भई आठ कन्याहरू भयो ती कन्याहरू पछि गएर सोधुहाङ आठ राजाहरूसँग विवाह गरी बसे । तिनीहरूबाट जन्मेका शाखा सन्तान बढेर यस विश्वको माटोमाथि आ–आफू त्यही ठाउँको जातजातिको धर्म भाषा लीपिको राजा भई आफ्नो राजकाज गरी बसे । त्यस मध्येको प्रथम एक वंश किरात पुत्र खम्बुहाङ थिए ।

उसै खम्बुहाङ वंशका शाखा उपशाखा हुँदै आउने क्रममा आठौँ राजा खार थिए । खारको छोराहरू सात जना थियो । ती सात छोरामध्येका माइला छोरा खोक्चिलीपाले विजुवानीको छोरी  दोइलीसँग विवाह गरी आफ्नो राजकाज गरी बसेको ठाउँ हालको जावाजुमडाँडा भन्ने बुझिन्छ । त्यही खोक्चिलीपा र दोइलीबाट चार भाइ छोराहरू भयो ती चार छोरा मध्येका कान्छा खदलुक्पाले बुलहाङ राजाको छोरी नयोमासँग विवाह गरी तल बेंसीतिर शिकार खेल्न झरेछ । त्यसरी लेकबाट तलबेंसीमा शिकार गर्न झर्दा गर्मीले सारै पोल्छ र गर्मीले पोलेपछि अति सहन नसकेकोले नजिकको खोलामा गई पौडी खेल्न पस्नु भएछ । त्यसरी खोलामा पौडी खेल्दै गर्दा माछाहरू सल्बलाइरहेको देखेछ । अनि त्यो माछाको शिकार गर्न लागेछ र माछा मारी पोली पकाई खाँदा मीठो लागेछ । मीठो लागिसकेपछि माछाकै शिकार गर्न थालेछ । त्यसरी माछाका शिकार गर्दै आउँदा माथि घना जंगलमा मृग कराएको त्या खदलुक्पाले सुनेछ । त्यसरी सुनेपछि माछाको शिकार गर्न छोडी मृगको शिकार गर्न त्यो जंगरतिर लाग्नु भएछ । त्यसरी जंगलमा आउँदा त त्यो जंगलमा अरु थुप्रै जनावरहरू पनि भएको पत्ता लागेछ । त्यो जंगलमा शिकार मार्दै बस्न थालेछ । त्यसरी बस्दै जाँदा घैया धान, कागुनी जंगलको बिचबिच खाली पाखातिर झप्प–झप्प नुहिरहेको देख्नु भएछ । त्यो घैया अनि कागुनी टिपी खाँदा मीठो लागेछ । मीठो लागेपछि आफ्नी श्रीमती नयोमालाई काट्न लगाई  आफू शिकार गर्न मृगको खोजीमा जानुभएछ । तर त्यो दिन मृग नभेटी कालीजको शिकार गरी आउँदा त्यहाँ श्रीमतीले घैया धान भुटेर कुरी बसिरहेको थियो अनि बुढाबुढीले त्यो भुटेको घैया धान अनि कालीजको मासु पोली मीठो गरिखाएछ । त्यसरी बस्दै बस्दै जाने क्रममा नयोमा गर्भवती हुन गएछ । त्यसको केही महिनापछि नयोमाबाट छोरा भएछ त्या छोराको नाम नाछोहाङ राखिदिए । नाछोहाङको अर्थ नयाँ ठाउँ नयाँ अन्नबालीको राजा भन्न बुझिन्छ । नाछोहाङ छोरा भएपछि आमा नयोमा घैया र कागुनी मिठो भएकाल भस्मे फाँरी घैया र कागुनी छँदै छाराको हेरचाह गर्न थाल्नु भएछ । बाबु खदलुक्पा शिकार गर्दै खाँदै बस्नु भएछ । एक दिन नयोमालाई खदलुक्पाले भनेछ ः “म मृगको शिकार गरी आउँछु, तिमीले छोराको हेरचाह गर्दै त्यो भस्मेका घैया काटी पछारी बनाएर भुटी राख्नु भनी जंगलतिर मृग खेत्दै लागेछ । त्यसरी मृग खद्दै जाँदा–जाँदा जंगलमा शिकारी देवताले उसैलाई खाइदिएछ । उता नयोमा भने आफ्नो पति मृगको शिकार गरी ल्याउँछ अनि हामी बाबु, आमा, छोरा भई मिठो गरी खाने सोच गरी छोरालाई फुलाउँदै बसिरहनु भएछ । तर त्यसरी लामो समयसम्म पनि आफ्नो पति शिकार गरी नआउँदा छोरालाई भोक लागेछ । अनि छोरा भोकले रुन कराउन थालेछ । त्यसरी छोरा भोकले रुन कराउन थालेपछि आमा नयोमाले आफ्नो बाबुका भाग सारी घैया छोरालाई दिनु भएछ । त्यो बेला नयाँ चिजबिज वा खाने कुराहरू आफूभन्दा ठुलो, पाका पुर्खाले खाए चाखेपछि मात्र आफूभन्दा ठुला, पाका पुर्खाले खाए चाखेपछि मात्र आफूभन्दा सानो छोराछोरीलाई दिने थिएछ । आमा नयोमाले छोरालाई आफ्नो बाबुको भाग सारी दिएकोले पछि नातिले पनि नयाा, चिजबिज सबैभन्दा पहिला आफ्नो बाुबुबाजेको भाग सारेर चढाएर मात्र खाने गरेछन् । त्यही चलन नै अहिलेसम्म आएको छ । जसलाई नाछिरिङले न्वाँगी, विधि कुल पितृ भनी पुज्दछ । माथि वर्णितअनुसार नयोमाले आफ्नो छारालाई बाबुका भाग सारी दिएको समयबाटै हामी नाछिरिङ जातिमा न्वाँगी कुल पितृ पूजाको सुरुवात भएको भन्ने बुझिन्छ । नयोमाले त्यसरी आफ्नो पति जंगलमा नै हराई नआएकोले आफ्नो छोराको पालनपोषण आफैँले गरी बस्नु भएछ । अनि छोरा पनि दिनानु दिन हुर्किदै ठुलो भएछ र छोराले पनि बाबाुजस्तै शिकार गर्न थालेका । तर आमा नयोमालाई भने आफ्नो भएको एक्लो छोरा पनि फेरि जंगलमा नै हराउने हो कि भनी पीरमा पर्नुभएछ । अनि छोरालाई भन्नु भएछ, छोरा म एकदम जंगलीदेवले खाइदिएर जंगलमा नै हराउनुभयो । तिमी पनि शिकार गर्न जाँदा उतै पो शिकारी देवले खाइदिने हो कि भन्नु भएछ । अनि छोराले सोधेछ, हामीले त्यसको लागि के गर्नुपर्छ ? भनी सोध्दा आमाल छोरालाई भन्नु भएछ ः “तिमीले शिकार गर्नु पहिलो जंगलीदेवलाई हजुर यस जंगलको देवता हुनुहुन्छ, तपाईको सेवा गर्छु म लाई तपाईले रगा गर्नुपर्छ । मैले यो जंगलमा जति पनि शिकार गर्छु त्यो सत्रै म हजुर जंगली देव र शिकारीदेवलाई पहिला चढाएपछि मात्र म त्यो मेरो शिकार खानेछु भनी भाकल गरी जाऊँ” छोरा नाछोहाङले पनि आमाको आज्ञा पालन गरी त्यही भाकल गरी जंगलतिर शिकार गर्न गएछ । जंगलमा शिकार थुप्रै भेटेछ अनि अघि आफूले भाकल गरे अनुसार शिकार मार्दै शिकरीदेव र जंगलदेवलाई भोग दिई चढाई घरतिर फर्किआउनु भएछ । त्यो आफूले मारेको शिकार पोली पकाई आमा र आफूले नखाई आफ्नो बाबु, बाजे, बोजुको नाममा भाग सारी आमा छोराले खानु भएछ । त्यसरी नै जति पनि नयाँ शिकार गर्दै गयो, त्यतिभोटि नै जंगलीदेव र शिकार देवतालाई चढाउँदै फेरि घरमा पनि आफूले नखाई चोखो गरी पोल्दै आफ्नो बाजे, बोजु अर्थात् पुर्खाहरूको नाममा भाग सार्दै चढाउँदै आएको चलनलाई नै अहिले नाछिरिङ जातिमा कुल पितृ जंगली देवता साउलो लाम्पाक, धाम्म्रोकु, भिरको सिताखौ, दिवु शिकारीको नाममा पूजा गर्न चलन आएको विश्वास छ । उता घरमा पनि आफ्नै बाबु, बाजेको नाममा नयाँ नयाँ शिकार अनि अन्नको भाग पाली भुटी सार्ने चढाउने गर्दै आएको रहेछ । त्यही सार्ने चढाउने चलनलाई नै अहिले नाछिरिङ जातिले विभिन्न नामले मान्ने पुज्ने गर्दै आएको छ । कुल पूजा, पितृ पूजा, न्वाँगी पूजा, भूमे पूजा, खोला पूजा, वनजंगलको पूजाको त्यहीबाट विकास भएको भन्ने हाम्रो नाछिरिङ जातिको मुद्धुम मिथक छ । अहिले पनि हामीले यी सबै कुलपितृ पूजा गर्दा आफ्नो पुर्खाहरूले पहिला जति पनि खाएको शिकार गरेको चिज छ त्यो सबै चाहिन्छ । चरा, माछा, पाहा र जंगली जनावरको मासु जसलाई हामी मदाम भन्दछौँ । यो जुनसुकै कुल पितृ पूजा होस् या अरु कुनै पूजा गर्दा नाछिरिङ जातिमा चढाउन अनिवार्य चाहिन्छ ।

त्यसरी आफ्नो पति पनि जंगलको नै हराई नआएको हुँदा आफ्नो छोराको पालनपोषण आफैले गरी बस्दै गएपछि छोराको आफ्नै माइती गाउँको एक थुम राजाको छोरी निनाम्मासँग विवाह गरिदिए । नाछोहाङ र निनाम्माको पनि एक छोरा भयो । त्यो छोराको नाम नास्रु राखिदिनु भयो । नास्रुको पनि दुलुक्पा राजाको छोरी सायामासँग विवाह हुन गयो । यसरी नास्रु र सायामाबाट पनि चार भाइ छोराहरू भयो । त्यही छोराहरूबाट पनि चार भाई छोराहरू भयो । त्यही छोराहरूबाट पनि शाखा सन्तान हुँदै जाने क्रममा सबै परिवार एकै ठाउँमा बस्न, खान, लाउनको दुःख हुँदै गयो अनि छुट्टी भिन्न हुँदै जाँदा राताप्खु, बाम्खा, पातेस्कु, सोत्तो हुँदै बसे । यी बसाई हुँदै जाँदा आफूले बोल्ने भाषा इरु थिए । त्यही इरु भनेको नाछेरु भन्ने अर्थ लाग्छ । किन की बाजे नाछोहाङ, बाबु नास्रुले बोल्ने भाषालाई छोरा नातिले इरु भने इ–हाम्रो हामी रु–भाषा भन्ने भयौँ । यसरी विकास हुँदै आउँदा इ–नाछेरुबाट कालान्तरमा आएर अपभ्रंश भई नाछिरिङ हुन गयो र यसरी नाछिरिङ जातिको विकास हुन गयो । नाछिरिङले बोल्ने भाषा नाछिरिङ रु. भनिन्छ । हामीले हाम्रो समूहमा भन्दा इरु नै भन्दैछौँ । यसरी माथि उल्लखित सबुद् प्रमाणको आधार अनुसारले पनि हालको माझ किरात खोटाङ जिल्ला रातात्कु राजाबु वडा नं.९ राधास्को–राधाम्मा नै नाछिरिङ जातिको उत्पति भएको आदिम उद्गम थलो भन्ने प्रमाणित छ । यी क्षेत्रमा हालसम्म पनि किरात समुदायका नाछिरिङ जाति मात्र बसोबास गरी आएको छ । त्यहाँको सबै गाउँ, टोल, खोला, नाला, वनजंगल इत्यादि नाछिरिङ भाषिक अर्थ बोध गर्दछ । जस्तैः राताप्खु–राखा राधास्को–राधाम्मा पुर्खाले धान पछारी बटुलेको ठाउँ पिखोस्को–पिक्रप्छो, गाई काटी खाने ठाउँ, बाम्खा, बाङ्देल, बाम–फापर खा–वारी–फापर बारी यसरी सबैको अर्थ छ, यो क्षेत्रको यी कारणले पनि नाछिरिङ जातिको पुर्खौली थापथलो यही भन्न सकिन्छ । हालसम्म यो लेख तयार पार्दासम्म नाछिरिङ जातिको पाछा र सामेई ११० वटा पत्ता लागेको छ । यो खोजअनुसन्धान जारी नै रहेकोले योभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।