ब्याकरण लेखन

 

व्याकरण लेखन

किरात नाछिरिङ भाषाको व्याकरण लेखन प्रकृया बढिरहेको छ । व्याकरण लेखन प्रशिक्षण २०७१ साल चैत्र १४, १५, १७ र २८ गते काठमाडौंमा सम्पन्न गरिएको छ । यस प्रयोजनार्थ स्रोत व्यक्तिहरूमा भाषा शास्त्री अमृत योञ्जन भाषाशास्त्री, ध्वनिशास्त्री प्रतिक्षा रेग्मी र यु.एस.ऐ.को भाषा विज्ञान विद्यार्थी रेचल बोगल (Rachel Vogel) ।

हाम्रो अनुराधालाई स्वीकार गरी निशुल्क प्रशिक्षण प्रदान गर्नुभएको थियो । रेचल बोगल (Pennsylvania, USA. Swarthmore college अयििभनभको Linguistics and peace and confict studies विद्यार्थी हुन् । साथै त्रिभुवन विश्वविद्यालयको भाषाविज्ञान विभागले सञ्चालन गरेको नेपालको भाषिक सर्वेक्षण अन्तर्गत नाछिरिङ भाषाको समाजभाषावैज्ञानिक अध्ययन सम्पनन भैइसकेको छ ।

किरात नाछिरिङको मुद्धुम अहिलेसम्म अलिखित मौखिक श्रुति परम्परामा आधारित छ । नाछिरिङ मुद्धुमको लेख तारा नाछिरिङद्वारा लिखित ‘किरात जर्नल’मा प्रकाशित भइसकेको छ । तर यसलाई बृहत लिपिबद्ध गरी प्रकाशन गर्नका लागि लेखन कार्य भइरहेको तर यसलाई बृहत लिपिबद्ध गरी प्रकाशन गर्नका लागि लेखन कार्य भइरहेको छ । यस कार्यले चाँडै साकार रूप लिने विश्वास छ ।

किरात नाछिरिङका प्रतिनिधिमूलक अधिकारमुखी जातीय संस्था किरात रदु नाछिरिङ साखामले २०६१ सालमा किरात नाछिरिङ भाषा र जातिको उत्कृष्ट कृति ‘दिदाम छमदाम’ नामक पुस्कन प्रकाशा गरेको छ । यस कृतिमा ४ खण्ड रहेको छ । खण्ड १ मा नाछिरिङ भाषा परिच २. मा संस्कृति संस्कार ३. मा धर्म र ४. मा वंशावलीको खाा उल्लेख भएको छ ।

यस्तै गरी ज्ञानेन्द्र नाछिरिङद्वारा सम्पादित ‘हुक्छो’ प्रकाशित छ । साथै किरात रदु नाछिरिङ विद्यार्थी साखामद्वारा प्रकाशित गरिएको ‘छालिम छाम्पोमा’ मुखपत्र प्रकाशित छ । अन्य विविध फुटकर तथा लेख–रचनाहरु थुप्रै प्रकाशित रहेको अवस्था छ ।अहिले किरात रदु नाछिरिङ शाखामको अध्यक्ष तारा नाछिरिङको नेतृत्वमा ब्याकारण निकालिदै छ ।