पहिचानको लागी लडौ…

 

Come on together. Join with us.

पहिचानको लागी लडौ…

किरात नाछिरिङ जातिको पहिचानको लागी तपाईंको आर्थीक, भौतिक, नैतिक सहयोग नै निकै ठुलो हुनेछ । तपाईंले सहयोग गर्न चाहेमा सम्बन्धित पदावधिकारिलाई सम्पर्क गर्नुस । धन्याबाद ! अलनु !

 

सन १९९४ मा नेपालको सन्दर्भमा आदिवासी जनजातिलाई परिभाषित गर्न  नेपाल आदिवासी जनजाति महासंघले निम्न बमोजिमको मापदण्ड तयार पारेको छ । 

 भिन्न सांस्कृतिक परम्परा र आफ्नै मातृभाषा भएको, पितृ तथा प्रकृति पुज्ने  धर्ममा आधारित धार्मिक विश्वास गर्ने र राज्यद्धारा लादिएको हिन्दुवाद नमान्ने समुदायलाई जनाउदछ ।

ती पुर्खाहरु वर्तमान सन्ततिहरू जसको पूर्वजहरूले पहिलो बासिन्दा  वा मुलवासीका रूपमा हालको नेपाल राज्यको भूभागहरू भिन्न नश्ल, जाति वा संस्कृतिका मानिसहरू आउनु अगावै चर्चेका थिए र जसको आफ्नै लिखित वा मौखिक इतिहास छ ।

विगत ४ शताव्दी यता विशेष गरी आधुनिक हिन्दु राज्यको स्थापना र विस्तारका बेलादेखि आफ्नै  भूमिबाट विस्थापित भएका, किपट, पानी, खृतीयोग्य जग्गा जस्ता साधन माथिको आफ्नो परम्परागत अधिकारवाट वञ्चित भएको समुदायलाई जनाउदछ ।

जसलाई राज्यको राजनीतिक शक्तिबाट दमित पारीएको छ र जो राज्यको निर्णय तहमा पुगेका छैनन र जसको पुरानो संस्कृति, भाषा र धर्मलाई गौण ठानिएको छ  तथा सामाजिक मूल्य मान्यतालाई बेवास्ता र अपहेलना गरीएको छ ।

जुन समाज आर्यन जातिय पद्धतिमा जस्तो नभई समानताका सिद्धान्तको आधारमा निर्मित छ । जुन समाजमा महिलालाई सामाजिक, आर्थिक र धार्मिक हिसावले अपहेलना गरिदैन र लंैगिक समानता बिद्यमान छ वा अझै महिलाको  उच्च स्थान र कदर छ । तर राज्यले तिनको मूल्य र मान्यतालाई कमजोर बनाएको छ ।

जो औपचारिक वा अनौपचारिकरुपमा माथि उल्लेखित गुणका आधारमा आफूलाई नेपालका आदिवासी जनजाति भनी दावी गर्दछन ।

आदिवासी जनजाति सूचिकरणका आधारहरु

नेपालको  सम्दर्भमा आदिवासी जनजाति (Indigenous Peoples) भन्नाले संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय मानव अधिकारका दस्तावेजहरू, घोषणापत्रहरू र अन्तराष्ट्रिय कानुनमा उल्लेख गरिएका विशिष्ट अधिकारहरका हकदार भएका समुदायहरू हुन भनी मान्नु पर्दछ ।

नेपालका आदिवासी जनजातिहरू आधुनिक नेपालको राष्ट्र राज्य निर्माण भन्दा अगाडि देखि नै आफ्नो पूख्र्यौली भूमिमा बसोबास  गर्दै आएको र आफ्नो पूख्र्यौली भूमि सँगको विशिष्ट सम्बन्धको ऐतिहासीकतालाई निरन्तरता दिदै आएको तर आधुनिक नेपाल राष्ट्र राज्यको निर्माणदेखि नै राष्ट्रिय राजनितिको मुलधार तथा राज्य सञ्चालन एवं नीति निर्माण प्रक्रीयाबाट सीमान्तकृत गरिएका, सामाजिक साँस्कृतिक, भाषिक, धार्मिक विभेदमा परेका प्रभुत्वहिन समुदायहरू (Non-Dominant groups)हुन, जो आफ्नो विशिष्ट र छुट्टै साँस्कृतिक र जातिए पहिचानलाई संरक्षण र विकास गर्दै आफ्ना भावी पुस्तालाई आफ्नो पुख्र्योली भूमि, साँस्कृतिक तथा जातिय पहिचान हस्तान्तरण  गर्न चाहन्छन् ।

आदिवासी जनजातिहरू आधुनिक नेपाल राष्ट्र – राज्य निर्माणको क्रममा तत्कालीन शासक वर्गहरू र राज्य व्यवस्थाले अविष्कार गरेको आन्तरिक उपनिवेशवादी जस्तै निति तथा व्यवहारले गर्दा आफ्नो पूख्र्यौली भूमि र स्रोतमाथिको स्वमित्व र पारम्पारिक अधिकार गुमाएका र कालन्तरमा आदिवासी जनजाति पहिचानकै कारणले सामाजिक अवसरबाट वञ्चीतिकरणमा परेका र विकासको स्रोतमाथि कुनै पहँुच नभएका समुदायहरु हुन ।

आदिवासी जनजातिहरु हिन्दु धर्ममा आधारित वर्ण व्यवस्थामा नपर्ने तथा सन् १८५४ को मुलुकी ऐनले मासीने (दासदासी बनाउन पाइने ) र नमासिने (दास दासी बनाउन नपाइने) मतावलीको संज्ञा दिई जाति व्यवस्थामा सम्मेलिकरण गरी स्तरकरण गरीदिएका समुदाय हुन् । उनिहरुको सामाजिक संरचना समानतामा आधारित छ र ति समुदायभित्र हिन्दु वर्ण व्यवस्थामा जस्तो विभेद हुदैन ।

आदिवासी जनजातिहरुको साझा भाषा, धर्म, सस्ंकार र संस्कृति हुन्छ र उनिहरुको साझा उत्पतिको लिखित वा अलिखित इतिहास हुन्छ ।

आदिवासी जनजातिहरूको आफ्नो पुख्र्यौली भूमि, भौगोलिक क्षेत्र र प्राकृतिक स्रोतसँग विषेश सम्वन्ध रहि आएको हुन्छ । यस्तो विशेष सम्वन्ध भौतिक जिवनसँग मात्र नभएर उनिहरूको सामाजिक साँस्कृतिक तथा आध्यत्मीक जीवनसँग पनि सम्बन्धित हुन्छ ।

आदिवासी जनजातिहरुले आफूलाई अरुभन्दा भिन्न छौं भनि स्वपहिचान गराउछन र उनिहरुको स्वपहिचानलाई अन्य समुदायले पनि मान्यता प्रदान गर्दछन ।

आदिवासी जनजातिहरूमा हामी भन्ने सामुहिक मनौवैज्ञानिक भावना हुन्छ र सामुहिकतामा आधारित सम्बन्धहरु हुन्छन ।

आदिवासी जनजातिको जिवन पद्धति उनिहरुको आफ्नै प्रथाजनित कानुन र परम्परागत संस्थाहरुमा आधारित रहेको हुन्छ ।

आदिवासी जनजातिको परम्परागत आर्थिक जिवन पद्धति जल, जमिन र जङगल आदि प्राकृतिक स्रोतमा आधारित गुजारामुखी आर्थिक उत्पादन प्रणालीमा निर्भर हुन्छ ।

आदिवासी जनजातिहरुले देशको सार्वभौमिकता र क्षेत्रिय अखण्डता अभिवाज्य रहने गरी राज्यको संरचना भित्र रहेर आत्मनिर्णयको अधिकार र  जातिय क्षेत्रिय स्वशासनको अधिकारको उपभोग र उपयोग गर्न चाहन्छन् ।

आदिवासी जनजातिहरु संघिय गणतन्त्र नेपालको संविधानको आनुसुचिमा सूचिकृत भएका समुदायहरु हुन ।

प्रा.डा. ओम गुरुङ