परिचय

परिदृश्य
समाज र राज्यमा पहिचान, प्रतिनिधित्व र पहुँच स्थापन गर्दै, नाछिरिङ जाति समुदायलाई आफ्नो मौलिक भाषा, धर्म, संस्कृति, भेषभुषा र इतिहासको संरक्षण सम्बद्र्धन तथा अध्ययन अनुसन्धान गर्दै, समाज र राज्यमा आफ्नो जातिय तथा सामुदायको सामाजिक, आर्थिक, शैक्षिक र राजनैतिक विकास गर्दै सामाजिक न्यायपूर्ण राजय तथा समतामुलक समाज निर्माणमा टेवा पु¥याउने ।

परिकल्पना
बिश्वको किरात नाछिरिङको एक मात्र आधिकारिक सर्बोच्च संस्था ।

मिसन
किरात नाछिरिङको लागी हरेक पहिचान र अधिकारको लागी लड्ने संस्थाले खेल्नु पर्ने भूमिका निर्बाह गर्ने ।

उद्देश्यहरू
नाछिरिङ जातिको भाषा, धर्म, संस्कृति, परम्परा, कला, ज्ञान, सिपहरूको संरक्षण सम्बद्र्धनगरी नेपालमा रहेका आदिवासी जनजातिहरूसंग भाइचारा धार्मिक र जातिय सहिष्णुता कायम राख्ने । राष्ट्र विकास निर्माणमा ऐक्यवद्धता गर्दै नाछिरिङ जाति समुदायको विकास उत्थान र चेतनाकासाथ आदिवासीहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघिय घोषण पत्र र अन्तराष्ट्रिय श्रम संगठनको अभिसन्धी १६९, सि. वि.डि. धारा ८ (व्) र यू. एन. ड्रिपमा उल्लेखित अधिकार सम्बन्धी काम गर्ने ।

रणनीति
सचेतिकरण र संगठन निर्माण र शसक्तिकरण माध्यमले समाज र राज्यमा प्रतिनिधित्व र पँहुचका लागि अधिकारमुखी एवं कर्तव्यमुखी कार्यक्रममा जोड दिने । नाछिरिङ समुदायलाई संगठित र सक्षम गर्दै सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक विकास र अवसरहरूमा आफ्नो पहिचान, प्रतिनिधित्व र पँहुच स्थापित गराउने ।

मुल्य मान्यता
संस्थाको उद्देश्यहरू प्राप्तीको लागि निम्न मुल्य मान्यताले अभिप्रेरित गर्दछ ।

आपसी सदभाव त्याग र एकता,

निःस्वार्थ सहभागीता, सहयोग र समझदारी,

समता, निष्पक्षता र पारदर्शिता,

इमान्दारीता र जवाफदेहिता,

मानव अधिकारको सम्मान ।

अन्य सस्थागात उद्देश्यहरु

किरात रदु नाछिरिङ साखाम केन्द्रको उद्देश्य देहाय बमोजिम रहनेछ ।

1) यो संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।

2)  नाछिरिङ जाति एक प्राचीन तथा ऐतिहासिक महत्व बोकेको जाति भएको हुँदा सो जातिको मौलिक भाषा, कला, परम्परागत ज्ञान, सीप, प्रविधि, संस्कृति, परम्पराको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान गर्ने ।

3) नाछिरिङ जातिको मौलिक पहिचानको संरक्षण र सम्बद्र्धन र प्रवद्र्धन गर्ने ।

4) नाछिरिङ जातिको मौलिक भाषा, कला, साहित्य, संस्कृति, परम्परा, धर्म र ज्ञान, सिप आदिलाई निरन्तर रुपमा जीवन्तता दिनको लागि नाछिरिङ भाषा र नेपाली भाषामा श्रव्य दृश्य चित्र र अभिलेखीकरण गर्ने ।

5) नाछिरिङ समुदायको बृहत्तर हितका लागि विभिन्न रचनात्मक तथा जनमुखी कार्यक्रम गर्ने ।

6) नाछिरिङ समुदायलाई राष्ट्रको विकास निर्माणमा ऐक्यबद्धता गर्दै नेपालका अन्य आदिवासी जनजातिहरुसँग भाइचारा, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको विकास गर्ने ।

7) सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गर्ने ।

8) संस्था तथा समुदायको अधिकार स्थापना र विकासको लागि विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग सहकार्य गर्ने ।

9) विभिन्न जातीय संघ संस्थाहरुसँग जातीय सद्भाव र सहयोगको विकास गर्ने ।

10) समग्र नाछिरिङ जाति समुदायको सर्वाङ्गीण विकास, जातीय उत्थान र चेतनाको अभिवृद्धि गर्ने ।

11) मानव अधिकार, असल शासन, जैविक विवधता, वातावरण संरक्षण सम्बन्धी जनचेतना जागरण गर्न कार्यक्रम संचालन गर्ने ।

12) आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को आदिवासी जनजातिको अनुसूचीमा सूचीकृत भई राष्ट्रबाट प्राप्त हुने विकास सुविधाको अधिकार उपभोग गर्ने ।

13) आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र राष्ट्रसंघीय घोषणा पत्र र अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धी १६९ मा उल्लेखित आदिवासीहरुको अधिकार सम्बन्धी काम गर्ने ।

14) नाछिरिङ भाषाको पाठ्यक्रम निर्माण गरी पठन पाठन संचालन गर्ने, गराउने ।

15) नाछिरिङ जातिको विभिन्न ऐतिहासिक, धार्मिक तथा संस्कृतिक महत्व बोकेको सम्पदाहरुको संरक्षण, संबद्र्धन तथा प्रबद्र्धन गर्ने ।

नाछिरिङ जाती को हुन ?

हाल प्रकाशन भएको किरात महासंघको जर्नलमा प्रकाशन भएको ‘नाछिरिङ जातिको परिचय’ शिर्षकमा अन्तर्गत सस्थाको अध्यक्ष तारा नाछिरिङ र महा-सचिब सुमन बाङदेलद्धारा लिखित लेखको छोटो अंश अनुसार ….विश्वमा मानिसहरूको MAN अर्थात (Mongol, Aryan and Negro)  मंगोल, आर्य र नेग्रो जातिको बसोबास रहेको छ । त्यस्तै मंगोल समुदाय अन्र्तगत किरात नाछिरिङ जाति नेपाल लगायत अन्य देशमा बसोबास गरेको छ । यस जातिको उद्गम थलो हाल मानिएको नेपालको एक नम्बर प्रदेशको खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका वडा नं.१, अन्तर्गत राखा बाङ्देलस्थित राधाम्मा ठाउँलाई मानिएको छ । यहीबाट नाछिरिङ जातिको ४ भाइ पूर्खाबाट सन्तान फैलिंदै आज विश्वको विभिन्न भू–भाग बसोबास गरेको छ । ४ भाइ पूर्खाहरू जेठा थुक्स, माइला रछ, साइला परबु र कान्छा सोत्तो पूर्खाहरूको नाम रहेको छ । जेठाको सन्तान राताप्कु राखा, माइलाको सन्तान बाम्खा वाङदेल, साइलाको सन्तान परबुु पारा र सोत्तो सोताङमा रहेको छन् । यहीबाट खोटाङ, सोलुखुम्ब, भोजपुर, सङखुवासभा, इलाम, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, ताप्लेजुङ, सर्लाही, उदयपुर, ओखलढुंगा, सिराहा, सप्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गुल्मी, कास्की लगायत भारत, जापान, हङकङ, युके, अमेरीका, कोरीय आदि विभिन्न देशमा रहेको छ ।

किरात नाछिरिङ जातिको दप्स्नु (सामेइ) र पाछा किरात नाछिरिङ जातिको अहिलेसम्म खोज अनुसनधानबाट पत्ता लगाए अनुसार ११० वटा सामेई छन् । नाछिरिङको आदिम उद्गम भूमि, साझा भूगोल, जनसख्ंया र जनसंख्या विवरण हेर्दा नेपालको पूर्वीभेक माझ किरातमा अवस्थित राखा बाङ्देलको राधाम्मा भूमि किरात नाछिरिङहरूका आदिम उद्गम भूमि भई हालको खोटाङ जिल्लाको उत्तरी भेग र सोलुखुम्बु जिल्लाको पूर्वी भेगको साझा भूगोलमा प्रथम आवाद गरी बसोवा गर्दै आएका हुन् । किरात नाछिरिङहरूका जनसंख्या जनगणना २०६८ सालको अनुसार ७१५४ जना र भाषिक वक्ता १०,०४० जना देखाएको छ । तर हामी नाछिरिङहरूका जनसख्ंया २ लाख भन्दा बढी छ । आजको दुनियाँमा कामको खोजीको सिलसिलामा विभिन्न मुलुकहरूमा समेत छरिन पुगेका छन् । …..(बाकी किरात महासङ्घको जर्नल हेर्न अनुरोध छ)