उद्गम भूमि

नेपालको पूर्वीभेक माझ किरातमा अवस्थित राखा बाङ्देलको राधाम्मा भूमि किरात नाछिरिङहरूका आदिम उद्गम भूमि भई हालको खोटाङ जिल्लाको उत्तरी भेग र सोलुखुम्बु जिल्लाको पूर्वी भेगको साझा भूगोलमा प्रथम आवाद गरी बसोवा गर्दै आएका हुन् । तलको चित्रबाट प्रष्ट्र हुन्छ :-

 

नेपालको पूर्वीभेक माझ किरातमा अवस्थित राखा बाङ्देलको राधाम्मा भूमि किरात नाछिरिङहरूका आदिम उद्गम भूमि भई हालको खोटाङ जिल्लाको उत्तरी भेग र सोलुखुम्बु जिल्लाको पूर्वी भेगको साझा भूगोलमा प्रथम आवाद गरी बसोवा गर्दै आएका हुन् । किरात नाछिरिङहरूका जनसंख्या जनगणना २०६८ सालको अनुसार ७१५४ जना र भाषिक वक्ता १०,०४० जना देखाएको छ । तर हामी नाछिरिङहरूका जनसख्ंया २ लाख भन्दा बढी छ । आजको दुनियाँमा कामको खोजीको सिलसिलामा विभिन्नमामा मुलुकहरूमा समेत छरिन पुगेका छन् ।

हाल यो ठाउँ खोटाङ जिल्लाको सुदुर उत्तरी गाविस राखाबाङ्देलमा पर्छ । हाल मानिएको नेपालको एक नम्बर प्रदेशको खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका वडा नं.१, अन्तर्गत राखा बाङ्देलस्थित राधाम्मा ठाउँलाई मानिएको छ । यहीबाट नाछिरिङ जातिको ४ भाइ पूर्खाबाट सन्तान फैलिंदै आज विश्वको विभिन्न भू–भाग बसोबास गरेको छ । ४ भाइ पूर्खाहरू जेठा थुक्स, माइला रछ, साइला परबु र कान्छा सोत्तो पूर्खाहरूको नाम रहेको छ । जेठाको सन्तान राताप्कु राखा, माइलाको सन्तान बाम्खा वाङदेल, साइलाको सन्तान परबुु पारा र सोत्तो सोताङमा रहेको छन् । यहीबाट खोटाङ, सोलुखुम्ब, भोजपुर, सङखुवासभा, इलाम, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, ताप्लेजुङ, सर्लाही, उदयपुर, ओखलढुंगा, सिराहा, सप्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गुल्मी, कास्की लगायत भारत, जापान, हङकङ, युके, अमेरीका, कोरीय आदि विभिन्न देशमा रहेको छ ।